आर्थिक

सानिमा बैंकको थप नयाँ शाखा जोरपाटीमा

काठमाडौे । सानिमा बैंकले काठमाडौंको जोरपाटीमा ७९औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंशआचार्य (महजोडी) द्वारा संयुक्त रुपमा सम्पन्न भएको जानकारी दिए ।

समुद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहकवर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको बताए । त्यसै गरी बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै जोरपाटी शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समुद्घाटन समारोहमा मह जोडीले काठमाडौंको जोरपाटीमा बैंक संचालनमा आएकोमा सो क्षेत्रका स्थानीयबासी र बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमालाई सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।