आर्थिक

बैंक अफ काठमाण्डूका ग्राहकलाई सिद्धार्थ विजनेश हस्पिटालिटीमा १०% छुट दिने

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकलाई सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटी प्रा. लि. को सिमित सेवा प्रयोग वापत बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा ग्राहकलाई १० प्रतिशतको छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र सिद्धार्थ गु्रपका ब्यापार विभागका निर्देशक प्रभाकर खडकाले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात् सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटी प्रा. लि.को ६ होटल, ३ रिसोट, ५ रेस्टुरेन्ट तथा ५ क्याफेहरुमा छुट उपलब्ध हुनेछ जानकारी दिए ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।