आर्थिक

बैंक अफ काठमाण्डूले गर्यो सजंय साई विद्या मन्दिरलाई सहयोग

काठमाडौ । बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत बालकोट, भक्तपुरको सजंय साई विद्या मन्दिरलाई विद्यालय हाता भित्र पुस्तकालय निर्माण गर्न सहयोग स्वरुप पाँच लाख उपलब्ध गराएको छ । उक्त सहयोग रकम यस बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बिनोद थापालाई हस्तान्तरण गरेका हुन् ।

वैशाख १ देखि संचालनमा रहेको उक्त विद्यालयले हालसम्म आफ्ना सबै विद्यार्थीहरुलाई निशुल्क शिक्षा प्रदान गर्दै आईरहेको छ । बैंकले हाल ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।