आर्थिक

नेपाल बंगलादेश बैँकले दियो सिआईएल काठमाडौँलाई व्हीलचियर

काठमाडौ । नेपाल बंगलादेश बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सोमबार बालाजु औध्योगिक छेत्र स्थित रहेको इन्फिनिटी ल्याब्समा बनिएको १० वटाव्हीलचियरहरु सिआईएल काठमाडौबिबष्लाई १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई हस्तान्तरण गरेको थियो ।

बालाजु स्कुल अफ ईन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीका विद्यार्थीहरुले सिआईएल काठमाडौँको सहायतामा बनेका यीव्हीलचियरहरु पहिलो पटक नेपालमै निर्माण गरिएको हो । यस्ता व्हीलचियरहरु नेपालमै उत्पादन गर्दा विदेशीमुलुकहरु प्रति भर नपरीकम मूल्यमै उपलब्ध गराउन सकिन्छ ।

बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले सिआईएल काठमाडौँका महासचिव गणेश के. सी.को उपस्थितीमा धादिङ, पोखरा, काठमाडौँ, बर्दिया, धनुषा, धनकुटा र सिन्धुलीका अपाङ्गता भएका व्यक्तिहरुलाई सो व्हीलचियरहरु प्रदान गरेको थियो ।