समाचार

बलात्कारको आरोप लागेका एसएसपी राणालाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । निलम्बनमा परेका एसएसपी सौरभ राणालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बलात्कार आरोपमा निलम्बनमा परेका उनलाई जिल्ला अदालत, सुनसरीले सोमबार ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

एसएसपी राणाले उक्त आरोप गलत भएको भन्दै आए पनि पीडित महिलाले भने इटहरीको एक होटलमा आफूमाथि बलात्कार भएको भन्दै शुक्रबार प्रहरीमा उजुरी दिएकी थिइन् ।