खेलकुद

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षकले ८ महिनामै दिए पदवाट राजीनामा

काठमाडौं । गत जेठमा एक वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका उमेश पटवालले आज राजीनामा दिएका छन् । पटवालले २२ गतेदेखि सुरु हुने नेपाल, ओमान र अमेरिकाको सिरिज सकिएपछि लागू हुने गरी आईसीसीमा ८ महिनामै राजीनामा बुझाएका हुन् ।

पटवालले २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा नेपाललाई पुर्‍याउने लक्ष्य सुनाए पनि टी–२० को विश्वकप छनोटको एसिया फाइनलमा नै नेपाल पराजित भए ।