मनोरञ्जन

लोक गायिका नवनीत आदित्य वाइबाको ‘ढिकी कुटी’ सार्वजनिक ‘भिडियो’

दार्जिलिङ । सिलिगुडी ,दार्जिलिङमा रहेर लोकगीत संगीतका माध्यमबाट लोकगायिकाको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल गायीका नवनीत आदित्य वाइबाले नयाँ म्युजिक भिडियो ‘ढिकी कुटी’ सार्वजनिक गरेकी छिन् ।

महिलाहरुका पीडा, वेदना र चुनौतीका बिषयमा गीत गाउन रुचाउने नवनीतका गीतहरुमा नेपाली समाजको झझल्को पाइन्छ । ‘ढिकी कुटी’ एउटी युवती अथवा महिलाले आफ्नो जीवनकालमा देख्ने भोग्ने विभिन्न ऋतुहरुको बयान हो । सुरुवातमा उसंग रुप र यौवन हुन्छ । उसको रुप र यौवनको लोभले उसलाई पाउन चाहनेहरुको प्रेममा उ भुल्न पुग्छे । अन्तत जब उ एक्ली हुन्छे उसले जीवनमा निराशा र अन्धकार महसुश गर्न पुग्छे । धरान , नागाल्याण्ड र पश्चिम दार्जिलिङ पहाड जहाँ गायिका नवनीतको घर छ । त्यहि म्युजिक भिडियोको छायांकन भएको हो ।

यस गीतमा स्वर नवीनत आदित्य वाइबाको रहेको छ, भने शब्द गायिका वाइबाकै रहेको छ । गीतमा संगीत गायिका वाइबा र सत्य आदित्य वाइबाको रहेको छ ।गीतको संगीत संयोजन रुबिन कुमार श्रेष्ठले गरेका हुन । स्वयम् गायिका वाइबा फिचर्ड म्युजिक भिडियोलाई नेलसन तामाङले छायांकन र सम्पादन गरेका हुन् । नवनीतका भाइ सत्य आदित्य वाइबाको निर्देशन र निर्माणमा भिडियो तयार भएको हो ।

गायिका नवनीत आदित्य वाइबा , स्वर्गीय बरिस्ठ लोकगायिका हिरादेवी वाइबाकी सुपुत्री हुन् । एयरलाइन्सको जागिर पश्चात हाल उनि आफ्नी आमाकै पेशामा फर्किएकी छिन । आमाकै पुराना गीतहरुलाई उनि र उनका भाइ मिलेर पुन प्रकाशनमा ल्याएर यसघि सन् २०१७ मा “आमालाई श्रदान्जली” नामक एल्वम समेत प्रकाशनमा ल्याइसकिएकि छिन । ‘ढिकी कुटी’ केहि अनुभवी, साथीभाई र शुभचिन्तकहरुको सयुक्त प्रयासबाट जन्मिएको कोशेली हो । यस गीतलाई माया गरिदिन गायिका वाइबाले सम्पूर्ण नेपाली दर्शक , स्रोता र मिडिया हाउसलाई आग्रह गरेकी छिन । भिडियो गायिका वाइबाको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।