राजनीति

गुटबन्दी/अदुरदर्शीताका कारण काँग्रेस/नेकपाको भविश्य नै अन्योलमा, अरुको हालत के होला ?

सुर्यखबर विश्लेषण/२०१५ सालदेखी ठुला राष्ट्रिय दलको रुपमा रहेका नेकपा र कांग्रेस पार्टी अहिले पनि राष्ट्रिय दलकै रुपमा रहेका छन्, राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा नै छन् । नेकपा एमाले र तात्कालिन माओवादी केन्द्रबाट दुई वर्ष अगाडी मात्र एकता पछि बनेको नेकपा नेतृत्वको अहिले सत्ता छ । ठुलो दल नेपाली कांग्रेस भने प्रमुख प्रतिपक्षको भूमिकामा छ । प्रतिपक्षी दल कांग्रेस स्थानीय, प्रदेस र केन्द्रको पछिल्लो चुनावमा पराजित व्यहोरेपछि राष्ट्रिय सभाको चुनावमा पनि पराजित भयो । तत्कालिन एमाले र माओवादी पार्टी मिलेर चुनावमा उत्रिएसँगै तिनावटै चुनाव नेकापाले जित्न सफल भएको हो ।
निर्बाचन आयोगमा दर्ता गराउने राजनीतिक दलहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको छ । भागबण्डा नमिलेसँगै नँया पार्टी खोलेर पदमा बस्न नपाएका कारण पार्टी फुटाउनेको संख्या पनि कम छैन । राजनीतिक दलका कतिपय नेता कार्यकर्ता पार्टीको नाममा चन्दा भन्दै पैसा उठाएर बिबादमा आएका उदाहरण पनि कमी छ्रैनन् । कति पार्टीहरु भने निर्बाचमा एकभोटपनि ल्याउन नपाएर नाममा मात्र पनि सीमित छन् ।

कतिपय नेपाली यस्तासम्म छन् की जुन पार्टीवाट अवसर, फाईदा हुन्छ त्यहि पार्टीमा लाग्दछन् उनीहरु बिहान एउटा पार्टीमा र बेलुकी अर्को पार्टीमा लागेका समाचारहरुपनि पत्रपत्रिकामा पढ्न पाईएको छ । चुनावी माहौलमा हेर्ने हो भने जुन पार्टीले पैसाको मुठो दिन सक्छ, त्यहि पार्टीमा लाग्ने र त्यहि पार्टीलाई भोट दिने गरेका छन् । नेताहरूले नेपाली जनतालाई रक्सी–माशु खुवाएर, धम्क्याएर वा पैसामा किनेर भोट जितेको भन्ने देखिएको छ । धनबाद, डनबाद, नातावाद, कृपाबाद, चाकरिबाद, गफबाद आदिका कारणले चुनावमा बिजय हुने परम्पराको बिकास भएपछी नेपालीहरुले सक्षम जनप्रतिनिधि पाउन सकेका छैनन् ।

चुनावीसभामा उपस्थिति जनताहरुलाई नेताहरु दुइ–चारवटा आशाहरु देखाएर भाषण गर्ने र प्रभावमा परेर चुनावमा मत दिएर जिताउने परम्परा रहिरहने हो भने यो देशको बिकास यस्तै रहिरहने देखिसक्यो । उनीहरूले सधै हाम्रो पार्टीले जितेपछि यो गर्दिन्छु, त्यो गर्दिन्छु यस्तो विकासका कामहरु गर्दिन्छौं भन्दै भाषण गर्न व्यस्त हुन्छन् । नेताको झुटो आश्वासनको आश गरेर जनताले भोट दिने परम्पराको अन्त्य भएको छैन । चुनाव जितेर गएपछि एकचोटी पनि फर्केर आउंदैनन् । जनताहरु भने ती नेताको बाटो कुरेर बसेका हुन्छन् । निर्वाचनमा बिजय भएपछी जुनसुकै दलका नेता भएपनि सत्तामा पुगेपछि दुःखका बाचाहरु सबै भुलेर आनन्दको जीवन जिईरहेका नेपाली समाजले पचाईसकेको कुरा हो ।

नेपालमा विकास हुन नसक्नुको मुख्य कारणमध्ये भ्रष्टाचार पनि एक हो । अर्को भनेको धेरै राजनीतिक दल र असक्षम नेता कार्यकर्ता भएको कारणले गर्दा पनि हो । धेरै राजनीतिक दल र नेता कार्यकर्ता धेरै भएपछी एकले एउटा कुरा गर्ने र अर्कोले अर्कै कुरा गर्ने गर्दा विकासका कामहरुमा समय दिन सक्दैनन् र भएको बजेहरु सबै विकासका काममा सदुपयोग हुन् पाएका छैनन् । यसको मुख्य कारण हो भ्रष्टाचार ।

देशमा भ्रष्टाचार यतिसम्म मौल्याएको छ की केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म भ्रस्टाचारले जरा गाडेको छ । जब संघीयतासँगै भ्रष्टाचार पनि मौलाएका छन् । संघीयताले जनताका कामहरुमा सहजता तुल्याउने छन् भन्दै भाषण गर्ने नेताहरु अहिले आफ्नो दुनो सोझ्याउन व्यस्त छन् र भ्रष्टाचार गर्न व्यस्त छन् । तर ती जनताका समस्याहरु भने जिउको तिउ नै छन् । अझ नेकपा अध्यक्ष नेतृत्वको केपी शर्मा ओली सरकार आएपछि त जनतालाई तिर्ने नसक्नेगरी कर शुल्क बढाएर जनतालाई तर्साएको छ ।

घरका सामान्य समस्यादेखी बिबिध समस्याहरुसँग रातदिन झेलिरहेका जनता सत्तामा रहेका नेतासँग र आफ्नो क्षेत्रवाट जितेका जनप्रतिनिधिसँग केहि विकासका काम आश गर्दै बसिरहेका छन् । नेता भने संघीय, प्रान्तीय वा स्थानीय तहको केन्द्रमा बसेर भागबण्डा गर्नमा नै व्यस्त छन् भन्ने कुरा यथार्थ रुपमा देखिईरहेको कुरा हो । नेपाली कांग्रेस भित्र धेरै समयदेखि गुटको बलका आधारमा कुरा नमिल्दा विवाद छ । सभापति शेरबहादुर देउवालाई महाधिवेशनको मिति तोक्नलाई दवाव दिँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल भागवण्डा नमिल्दा सहमति हुन नसकी केन्द्रीय समितिको बैठकमा नै उपस्थिति भएनन् । पटक पटकको सभापति देउवा र पौडेल पक्षको वार्तापश्चात कांग्रेसले महाधिवेशनको मिति तोक्ने लगायतमा सहमती भएपछि केही हप्तादेखी काँग्रेस बिबाद मिलेको छ । काँग्रेसमा नेता पीच्छे गुट छन् मुख्य रुपमा रहेका देउवा पौडेलपछि र कृष्णप्रसाद सिटौला पक्ष पनि आफ्नो गुटलाई बलियो बनाउन सकृय देखिएका छन् । त्यहि पक्ष र भागबण्डा गर्दै कांग्रेसका नेताहरु भित्रभित्रै सिद्धिन लागेका छन् । काँग्रेसभित्र उपगुटहरु कम बलिया र सकृय भने भएका पनि होईनन् । बिमलेन्द्र निधि, बिजयकुमार गच्छेदार, प्रकाशमान सिंह, डा शसाँक कोईराला, डा रामशरण महत, डा शेखर कोईराला, सूजाता कोईराला, अर्जुननरसिंह केसी, डा प्रकाशसरण महत, पूर्ण बहादुर खड्का, गगन कुमार थापा लगायत नेताहरु आफ्ना गुटका नेतालाई जे भन्यो तेही निर्णय गराउन लगाउन सक्ने हैशियत राख्छन् ।

नीतिमा भन्दापनि नेतृत्को हानाथाापले स–साना भागबण्डाका विषयहरुलाई लिएर कांग्रेस आफैं भित्र देखिएको आन्तरिक कलहका कारण बिगतका निर्बाचनमा लज्जास्पद हार ब्यहोरेको बिर्षँदै गएपछि प्रमुख प्रतिपक्षी दलको समेत हैशियत काँग्रेसले निभाउन सकेको देखिएको छैन । जसका कारण नेकपाले तीनवटै सरकारबाट ब्रम्हलुट मच्चाईरहेको छ । चुनावमा हार व्यहोरेसँगै अब आउने चुनावमा कसरी नेकपालाई पराजित गर्ने र आफू सत्ता संचालन गर्ने भन्ने कुरामा ध्यान भएको कांग्रेसको देखिदैन । बरु कसलाई सभापति बनाउने, आफु कसरी स्थापीत हुने, कसलाई सिध्याउने र भातृसंगठनमा महामन्त्री, सहमहामन्त्रीदेखि लिएर अन्य कसकसलाई नेता बनाउने भन्ने कुरामा व्यस्त छन् । 

कांग्रेसमा केहि नेता धेरै राम्रा पनि नभएका होईनन् । विडम्बना नै भन्नुपर्छ कांग्रेसले बीपी काईरालाको इतिहासपछि युवाहरुलाई कहिले अवसर दिदैनन् । कांग्रेसका नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, महेश आचार्य, धनराज गुरुगं, डा. मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, चन्द्र भण्डारी, देखि लिएर अन्य केहि नेताहरु पार्टी राम्रोसंग हाँक्ने क्षमता र खुवी भएका छन् तर उनीहरुले गुटबन्दी, चाकरी वा बिबिध सेटिगं मिलाउन नसकेका वा नचाहेका कारण पार्टीभित्र वा सरकारमा नेतृत्वदायी भूमिका पाएका छनैन् । नेपाली जनताले धेरै रुचाए पनि राजनीतिमा क्षमतावानलाई जिम्मेवारीे दिन सम्भव रहेनछ ।

कांग्रेस विगतका तीनै  तहकोको चुनावमा त पराजित भयो तर केहि दिन अगाडी भएको राष्ट्रियसभाको चुनावमा भने पुरै नील खायो। कांग्रेस कतिसम्म कम्जोर हुँदै गएको छ भन्ने कुरा यहिवाट पनि प्रमाणित हुन्छ । यसको मुख्य कारण नेतृत्वको कमजोरी हो । पार्टीको विवाद नै अन्त्य गर्न सकेका छैन । पार्टीलाई मिलाएर अगाडी बढाउन सकेका छैनन् भने चुनावमा कसरी जित्न सकिन्छ भनेर सोचौं । भित्र मिले पो बाहिर जितिन्छ, भन्ने सामान्य ज्ञान त हुनुपर्छ नि काँग्रेस नेतृत्वसँग, होईन र ?

जिम्मेवार राजनीतिक दलमा कांग्रेसमा मात्र गुटबन्दी वा बिबाद भएको भन्ने सत्य होईन नेकपा, राप्रपा, राजपा, संघीय समाजबादी, साझा पार्टी, जनमोर्चा लगायतका दलभित्र पनि विवाद अवस्य छ, देखिईरहेको नै छ । नेकपाले आन्तरिक विवादहरुलाई आफैंले ब्यपक आन्तरिक बहस र छलफल गरेर मिलाएर भएपनि राष्ट्रिय सभासम्मको चुनाव जित्न सफल भएको छ । नेकपामा पनि केपी शर्मा ओली, पुष्पकमल दहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका काँग्रेसभन्दा बलिया र ठूला गुट छन्, नेकपामा बामदेब गौतम, ईश्वर पोख्रेल, भीम रावल, बिष्णु पौडेल, रामबहादुर थापा, जनार्दन शर्मा, योगेश भट्टराई, घनश्याम भुषाल लगायतका उपगुट पनि छन् । नेकपामा एकताका आधारमा सहमति अनुसार पार्टी अध्यक्ष केपी ओली अहिले चल्न नसक्दा पार्टीमा धेरै विमति आएको थियो । सभामुखका लागि अग्नी साप्कोटालाई छान्नेबेला पार्टीभित्र ठूलै सकस परेको स्पष्ट देखिएको थियो । अध्यक्ष तथा प्रधानमन्त्री ओलीसंग भएका सहमति अनुसार पार्टी अगाडी बढ्न नसकेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकरी अध्यक्षको जिम्मेवार दिएपछि विवाद थोरै अन्त्य भएको थियो । कतिपय विवाद अन्त्य भएपनि धेरैजसो जस्ताको तस्तै नै छन् । एमाले र माओबादीका कार्यकर्ताहरु एउटै पार्टीका कार्यकर्ता बन्न सकेका छैनन् । ओली र दहालमात्र मिलेको जस्तो देखिएको छ । ओलीको पुर्व एमालेकै नेता शुवासचन्द्र नेम्वागंलाई सभामुख बनाउने योजना भएपनि पुर्व माओवादीका नेताहरुले नमानेपछि र अध्यक्ष दहालले अडान नछोडेपछि सभामुख पद छोड्न वाध्य भए । सभामुखमा गरेको नेकपाको निर्णय भने व्यापक छलफलमा सकारात्मक रुपमा नै भएको मान्नुपर्छ ।

ओली दिनप्रतिदिन एक्लो हुँदै ?

केपी ओली तत्कालिन एमालेका बलिया अध्यक्ष थिए, माओवादी र एमाले एकतापछि पनि ओली नै अध्यक्ष भए । पुष्पकमल दहालसँग पालैपालो प्रधानमन्त्री बन्ने भद्रसहमतिसहित दुबैजन अध्यक्ष भएको समाचारमा आएको हो । तर पछिल्लो समय ओलीले उक्त सहमतिअनुसार नचलेपछि बामदेब गौतम लगायतका नेताहरु रुष्ट हुँदै आएका थिए । त्यसपछि ओलीले प्रधानमन्त्री नछोड्ने भएपछि दाहाललाई कार्यकारी अध्यक्ष बनाए, बामदेबलाई उपाध्यक्ष बनाए । माधव नेपाल, झलनाथ खनाल, भीम रावलमात्र होईन कार्यकारी अध्यक्ष पुष्पकमल दहालसमेत ओलीदेखि रुष्ट छन् । ओलीले दिने हावादारी पुग्दै नपुग्ने भाषणका कारण जनता वाक्क भएका बेला आफ्नो छेउ बस्ने नेताहरु नै ओलीसँग रुष्ट हुन थालेपछि ओली एक्लो हुन थालेका छन् ।

अध्यक्ष साना दलहरुमा त स साना कुराहरुमा मतभेद हुँदा पार्टी नै फुट्नेसम्मका घटना भएका इतिहास सामान्य नै छन्। काँग्रेस र एमालेले फुटको घाटाको अनुभव बटुलिसकेकाले उनीहरु फुट्ने दीशामा नगएका भएपनि भित्रै बसेर सौहार्दपूर्ण ढंगले जुट्ने र देश निर्माण गर्ने भन्दा आफू बलियो हुने, आफ्नो परिवारलाई बनाउने, प्रशस्त धनसम्पती जोड्ने ध्याउन्नमा मात्र लागेको उनीहरुको अहिलेसम्मको गतिबिधिले देखाएको छ । १० बर्षे जनयुद्धमा १७ हजार मान्छे मारेको आरोपमा मुलुकभित्र र बाहिर ब्यापक बिरोध भएर बिबादमा आएपनि नेकपा अध्यक्ष पुष्पकमल दहाल नेकपामा बलिया हुँदै आएका छन् ।

गिरिजा प्रसाद कोईरालाको देहान्तपछि काँग्रेसमा बलियो सभापति ? 

काँग्रेसमा सभापति नै भएपनि शेरबहादुर आन्तरिक रुपमा बलिया छैनन् । काँग्रेसमा पार्टीभित्र स्पष्ट बहुमत शेरबहादुरकै छ, यो भन्दैमा बरिष्ठ नेता रामचन्द्र पौडेल शेरबहादुर भन्दा बलिया होईनन्, सिटौला पनि देउवाभन्दा बलिया हुने त कुरै छ्रैन । काँग्रेसमा आउने १४ महाधिवेशनको नतिजाले को बलियो हुन्छ भन्ने देखाउने अनुमान लगाउन सकिन्छ । गिरिजा प्रसाद कोईरालाको देहान्तपछि काँग्रेसमा सभापति बलियो नभएको राजनीतिक बिश्लेशकले लगाएको आरोप शत्य नै हो ।

राजनीतिक दलहरुमा गुट उपगुट हुनु सामान्य नै मान्नुपर्छ तर मुलुक निर्माण गर्ने मुख्य जिम्मेवारी पाएका राजनीतिक दलहरुमा अस्वस्थ प्रकारको गुटउपगुटले व्यक्तीलाई तत्काल फाईदा भएको देखिएपनि मुलुक र लोकतन्त्रलाई कमजोर बनाउँदछ । नीतिहरुको नीतिको रुपमा पढ्न पाईने राजनीतिप्रति यस्तो घृणित प्रकारको खेलले बितृष्णा पैदा हुनसक्छ । राजनीतिमा यस्ता प्रकारका कृयाकलाप दोहोरिरहने हो भने देश कहिल्यै बन्दैन । मुलुकले कहिलै काँचुली फेर्दैन, जसरी बि.सं.१९९३ देखी भएका नेपालका प्रजातान्त्रीक आन्दोलनहरु त्यतिकै खेर जानेछन् । त्यसैले बेलैमा सचेत भएर मुलुक र जनताका लागि सोच्न जरुरी छ । देश बिकास नभएका कारण धेरै नै भएपनि मुलुकको जिम्मा लिने ठेकेदारको रुपमा चिनिएका राजनीतिक दलका नेतृत्वले जिम्मेवार भएर सोच्नु मुख्य रुपमा जरुरी देखिन्छ ।

दलीय व्यवस्था र संबैधानिक अंगमा अनावश्यक हस्तक्षेप

लोकतन्त्रमा दलीय ब्यबस्था दह्रो र जनताका पक्षमा भएको दाबी गरिएपनि नेपालको राजनीतिक परिप्रेक्षमा मुलुकको नेतृत्व गर्ने जनमत पाएका मुख्य राजनीतिक दल नेपाली काँग्रेस र नेकपा नै अदुरदर्शीताका कारण अन्यौलग्रस्त छन् भने अन्य स–साना दलहरुको हालत के होला ? सहजै अनुमान लगाउन सकिने बिषय हो । नैतिकताको सामान्य कुरा पनि व्यवहारमा नउतार्ने राजनीतिक नेतृत्व दैनिक रुपमा असफल हुंदै गईरहेका छन् । उनीहरु असफल हुनु भनेको मुलुक नै असफल हुनु जस्तै हो भन्दा पनि फरक नपर्ने अवस्थालाई मान्नु शिवाय केही गर्न सकिने अवस्था छैन । झनै पछिल्लो अख्तियार दुरुपयोग अनुसंधान आयोगको १७५ जनालाई ललिता निवास वालुवाटारको सयौं रोपनी जग्गामा नेकपा महासचिव बिष्णु पौडेल, नेकपा बरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, वूर्व मूख्यसचिव एवं नेपालका लागि चीनका राजदूत लिलामणी पौडेल, संघीय समाजबादीका संयोजक एवं पुर्व प्रधानमन्त्ती डा बाबुराम भट्टराई लगायतलाई मुद्धा नलगाउँदै अख्तिियार दुरुपयोग अनुसंधान आयोगले नै राजनीतिकरण गर्नु झै संबैधानिक अंग नै राजनीतिक चुंकुलमा फसेको आभाष हुन्छ । यस्ता प्रकारका राजनीतिक दबाबमा भएका संबैधानिक अंगका निर्णयले राजनीति झनै अन्यौलतातिर धकेलेको छ । नैतिकता भनेको पुरै हराएको समाजको रुपमा बिश्वमानचित्रमा नेपाललाई चिन्लान कि भन्ने साधारण ईमान्दार नेपाली जनतालाई चिन्ता लाग्ने समय आईसकेको छ ।