सामाजिक सञ्जाल

देशको सबै राजनीतिक समस्याको समाधान प्रत्यक्ष निर्वाचित राष्ट्रपतिः डा भट्टराई

काठमाडौं । समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा बामुराम भट्टराईले मुलुकका सबै राजनीतिक समस्याको समाधान नै प्रत्यक्ष निर्वाचित राष्ट्रपती वा प्रधानमन्त्री भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत डा भट्टराईले यस्तो बताएका हुन् । उनले सबै रोगको एउटै उपचार भनेझैं देशमा अहिले देखिएका खर्चिलो चुजनाव, भ्रष्टाचार, आसेपासे पुँजीवाद, कमिसनखोरी, सांसदपद किनबेच अस्थीरताको खतरा, ग़ैरज़िम्मेदार कर्मचारीतन्त्र, दलीय सिन्डिकेट आदि प्रमुख रोगको उपचार प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्री प्रणाली भएको भएको बताए ।

साथै यसमा राष्ट्रिय सहमती गर्न सबैलाई आग्रह गरेका छन् ।

 

उनको ट्वीटः सबै रोगको एउटै उपचार भनेझैं देशमा अहिले देखिएका खर्चिलो चुनाव,भ्रष्टाचार,आसेपासे पुँजीवाद,कमिसनखोरी,सांसदपद किनबेच,अस्थीरताको खतरा,ग़ैरज़िम्मेदार कर्मचारीतन्त्र,दलीय सिन्डिकेट आदि प्रमुख रोगको उपचार प्रत्यक्ष निर्वाचित राष्ट्रपतिरप्रम प्रणाली नै हो१यसमा राष्ट्रिय सहमति गरौं१नत्र .