राजनीति

कम्युनिष्टबाट देशको भविष्य अन्धकार भएको भन्दै नेकपाका सयौं कार्यकर्ता कांग्रेसमा प्रवेश !

बर्दिया । कम्युनिष्ट सरकारबाट मुलुकको भविष्य अन्धकार भएको भन्दै नेकपाका सयौं कार्यकर्ता प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

ओली सरकार जनताको ईच्छा बिपरीत चलेको भन्दै आज बर्दियाको बारबर्दिया नगरपालीका बडा नम्बर ९ बनगाईका नेकपाका सयौं कार्यकर्ता प्रतिपक्षदल नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

कम्युनिष्ट सरकारले जनताका लागि नभई आफना नजिकका झोले र चाकडीवालालाई मात्र सुविधा दिएको उनिहरुको आरोप छ । साथै हरेक कुरामा भ्रष्टचारलाई पनि ओली सरकारले प्रसय दिइरहेकाले पार्टी परित्याग गरेको उनिहरुले बताए ।

आज नेपाली कांग्रेस बारबर्दिया नगरपालीका ९ को वडा कमिटीद्वारा आयोजित कार्यक्रममा कांग्रेस वर्दियाका सभापती संजयकुमार गौतमले सबै नव प्रवेशीलाई स्वागत गरेका थिए ।

गौतमले कांग्रेस देश र जनताको पक्षमा संधै रहेको बताएका थिए । कार्यक्रममा प्रदेश नं ५ का माननिय भुवनेश्वर थारु, नेपाली कांग्रेस बर्दियाका उप सभापति गोविन्द थारु, बारबर्दिया नगर सभापति हरि गिरि, वडा नं ९ का सभापति ईन्द्र कुमार विष्ट, नेपाली काँग्रेसका नेता शम्भु रिजाल, देवेन्द्र कुमार बिष्ट, रामचन्द्र थापा, राम प्रसाद पाण्डेलगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

शनिबार पनि गुलरिया नगरपालिका वडा नं १ मा करिब ६० जना बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।