सामाजिक सञ्जाल

शक्तिशाली सरकार र प्रतिपक्षको मनोविज्ञान अँझै विदेशीमा निर्भरः प्रवक्ता आचार्य

काठमाडौं । साझा पार्टीका प्रवक्ता शुर्यराज आचार्यले नेपालको शक्तिशाली सरकार र प्रमुख प्रतिपक्षको मनोविज्ञान दाता निर्भरमै रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले सन् १९६८ मा विश्व बैंकको अनुचित शर्त अस्विकार गर्दै कोरीयाले अढाई वर्षमा ४ लेनको ४२८ किमि सोल–बुहान सडक निर्माण गरेको उल्लेख गरेका छन् ।

त्यो बेलाको कोरीया भन्दा आजको नेपाल सबैकुरामा सबल भएपनि आफ्नो काम आफै गर्ने आँट सरकारमा  नभई विदेशीमै निर्भर रहेको बताए । 

उनको ट्वीटः सन् १९६८ मा विश्व बैंकका अनुचित शर्त अस्वीकार गर्दै कोरियाले ४ (लेनको ४२८ किमी सोल (बुसान सडक आफैं बनाउने निर्णय गर्यो । अढाई वर्षमा निर्माण संपन्न गर्यो। त्यो बेलाको कोरिया भन्दा आजको नेपाल धेरै कुरामा सबल छ। तर नेपालको शक्तिशाली सरकार र प्रतिपक्षको मनोविज्ञान भने अझै दाता (निर्भर !