स्वास्थ्य

कोरोना भाइरसवाट बच्नका लागि १२ हजार थान मास्क प्रदान

काठमाडौ । हालै मित्रराष्ट्र चीनमा फैलिएको नोवल कोरोना भाइरसका कारण जनजिवत अस्तव्यस्त भएको छ । हुवेई प्रान्तबाट फैलिएको उक्त भाइरस चीनका अघिकांश प्रान्त तथा विभिन्न मुलुकहरुमा फैलिएको छ । भाइरस फैलिएसंग चीनमा सुरक्षाका लागि माक्स्को माग बढ्दो छ ।

विशेषगरी नेपाल संग सिमा जोडिएको चीनीया प्रान्त तिव्वतमा समेत भाइरस फैलिएमा नेपालमा समेत फैलन सक्ने सम्भावना रहेको छ । तसर्थ यस संघले China’s Tibet Chamber of Border Trade लाई सहयोग स्वरुप १२ हजार थान मास्क प्रदान गरेको छ । उक्त चेम्बर संग संघले २०१४ मा एक समझदारी पत्रमा हस्ताक्षर गरी विभिन्न आर्थिक, व्यापारिक, पर्यटन, लगानी आदिको प्रवद्र्धनका लागि सहकार्य गर्दै आइरहेको छ ।