समाचार

दुई महामन्त्रीसहित तीन सदस्यीय नेविसङ्घ कार्यसमिति विस्तार

काठमाडौ ।नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समितिमा पदाधिकारी थप गरी विस्तार गरिएको छ । काँग्रेसको २०७५ साल फागुन १ गतेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार पार्टी सभापति शेरबहादुर देउवाद्वारा गठित सङ्घको केन्द्रीय समितिमा आज दुई उपसभापति र पाँच महामन्त्री मनोनयन गरिएको पार्टी कार्यालयले जनाएको छ ।

सङ्घको केन्द्रीय कार्यसमितिको उपसभापतिमा तुलसा पन्त (झापा) र मुक्तिराज पौडेल (रुपन्देही) तथा महामन्त्रीहरुमा दीपक भट्टराई (तनहुँ), उर्मिला थपलिया (धादिङ), प्रभातकुमार दाहाल (मकवानपुर), बलदेव तिमल्सिना (सिन्धुपाल्चोक) र युवराज पाण्डे (स्याङ्जा) लाई मनोनयन गरिएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सभापति देउवाले यसअघि यही माघ १६ गते राजीव ढुङ्गानाको अध्यक्षतामा दुई महामन्त्रीसहित तीन सदस्यीय नेविसङ्घ केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेको थियो । नेविसङ्घको केन्द्रीय समितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशीघ्र गरिने उनले बताए ।