खेलकुद

गिरिजा प्रसाद कप फूटबल प्रतियोगितामा धनुषा विजयी

वीरगन्ज । वीरगन्जमा शनिबारदेखि शुरु भएको जी.पी. कप फूटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ । बीरगंजस्थित आदर्शनगर रगसाला मैदानमा सुरु भएका गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आयोजना गरेको प्रदेश २ स्तरीय फूटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सा फूटबल संघलाई पराजित गरी धनुषा फूटबल संघ विजयी भएको छ ।

धनुषाले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम निरीह बन्यो । खेलको सुरुवातमा धनुषाका खेलाडीलाई निकै दबावमा राखेपनि गोल भने रोक्न सकेन । दोश्रो हाफको चार मिनेटमा पर्सा टीमले गोल गरेपछि खेल बराबरी भएको थियो । निर्धा्रित ९० मिनेटको खेल बराबरीमा रोकिएपछि खेल टाई बेक्ररमा पुगेको थियो । पेनाल्टी सुटआउटमा धनुषा ४–२ ले विजयी भएको हो । पर्साका खेलाडीले पाएको पेनाल्टीमा २ गोल गर्न चुकेपछि खेलको नतिजा धनुषाको पक्षमा गएको छ ।

यसअघि प्रतियोगिताको उदघाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले गरेका थिए । गिरिजा प्रसाद कोईराला फाउण्डेशनका अध्यक्ष मोहम्मद सहाबुद्दीनको अध्यक्षतामा कार्यक्रम भएको हो । आईतबार महोत्तरी फुटबल संघ र रौतहट पूmटबल संघबीच खेल हुनेछ ।