राजनीति

डा महतको चेतावनीः नागरिकको स्वतन्त्रता खोस्ने दुस्साहस ओली सरकारले नगरोस् !

नुवाकोट । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डाक्टर प्रकाशशरण  महतले सरकारले नगरिकको स्वतन्त्रता खोस्न खोजेको भन्दै त्यसका विरुद्ध सरकार सँग लड्नका लागि तयार रहन आग्रह गरेका छन ।

आज नुवाकोटको त्रिसुलिमा चलिरहेको नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै डा। महतले सरकारलाई नगरिकनको स्वतन्त्रता खोस्ने दुस्साहस नगर्न चेतावनी दिए ।

उनले बहुमत प्राप्त सरकार नागरिकको प्रती उत्तरदायी नभएर निशेधको बाटो तर्फ लागे अर्को निर्वाचनमा यो सरकारको अस्तित्व समाप्त हुने ठोकुवा पनि गरेका छन्  ।

उनले जनता हिड्ने बाटो समेत नभएको अवस्थामा ओली सरकार ठुलो–ठुलो भाषण रेल र पानी जहाजको कुरा गर्दै हिडेको भन्दै सरकारलाई पहिला जनताको आधारभुत आवश्यकता पूरा गर्न तिर लाग्न आग्रह गरे ।

फरक सन्दर्भमा सहमहामन्त्री महतले नुवाकोट राजधानीको नजिकको जिल्ला भएका कारण पनि यहाँ शिक्षाको स्तर बढ्न नसकेको तर्क गरे।

काठमाडौंबाट नुवाकोट रसुवा हुदै चीन जोड्ने बाटोको हालत र बाटोको स्तरोन्नतिमा छुट्याइएको रकम प्रती महतले आपत्ति जनाए ।

उनले यस्ता बाटाघाटा निर्मानमा सरकारको ध्यान नजानु निकै दुस्खद कुरा भएको पनि बताए । 

डाक्टर महतले शिक्षाले मात्रै मान्छेलाई दीर्घकालीन रुपमा सुखी र सम्पन्न बनाउने भन्दै सबै अभिभावकलाई शिक्षामा लगानी गर्न आग्रह गरेका छन् ।