सामाजिक सञ्जाल

संग्रौलाको प्रश्नः ओली भन्छन् प्रचण्डले पार्टी नभई गुट चलाए अनि आफु के गरिरहेछन् त?

काठमाडौं । लेखक तथा साहित्कार खगेन्द्र संग्रौलाले नेकपा नेतृत्वको सरकारमा गुटगत प्रवृत्ति देखिएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत साहित्यकार संग्रौलाले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) एक आपसमा दोषारोपणमा उत्रिएको बताए ।

साथै उनले आफुलाई लागेको कुरा ओलीले सल्लाहकार मार्फत भन्न लगाएर प्रधानमन्त्री ओली बाठो भएको बताए ।

ओलीले प्रचण्डलाई पर्टीलाई गुटगत चलाएको बताएको सहि भएपनि उनले ओली के चलाउँदै होलान् त जुवाको खाल भन्दै प्रश्न गरेका छन्  ।

पछिल्लो समय दुई अध्यक्ष पार्टीगत भन्दा पनि गुटगत बन्दै गएको भन्दै पार्टीकै नेताहरुले आलोचना गर्न थालेका छन् ।

उनको ट्वीटः ओली सर साह्रै बाठा। आफूलाई भन्न मन लागेको कुरो आज्ञाकारी सल्लाहकार सूर्य थापाका मुखबाट प्वाक्क भनाउँछन् । भर्खरै भनाएछन् ( प्रचण्डले पार्टी होइन, गुट चलाए। कुरा सही हो। अनि ओली सर आफूचाहिँ के चलाउँदै होलान्रु जुवाको खाल ?