सामाजिक सञ्जाल

मेरो फेक अकाउण्ट जथाभावी लेखेर बद्नाम गराउने बिरुद्ध प्रहरीमा उजुरी दिन्छुः अध्यक्ष ढुंगाना

काठमाडौ । नेविसंघका नवनियुक्त अध्यक्ष रावीव ढुंगानाले आफ्नो नाममा खोलिएको फेक ट्वीटर, फेसबुक अकाउण्टका बिरुद्धमा प्रहरीमा उजुरी गर्ने बताएका छन् । काँग्रेस केन्द्रीय समितिको बैठकले नेविसंघको अध्यक्षमा नियुक्र गरेपछि उमेरको बिषयलाई लिएर आएका टीकाटिप्पणीका बिषयमा कुनैपनि प्रतिकृया नदिएका अध्यक्ष ढुंगानाले ट्वीटर अकाउण्टमार्फत जथाभावी लेखिएका कुराहरु आफ्ना आधिकारिक धारणा नभएको जानकारी दिँदै त्यस्ता गैरकानूनी कार्य गर्दै बद्नाम गर्नेका बिरुद्धमा प्रहरीमा छिट्टै उजुरी गर्ने बताए ।

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले नेविसंघको अध्यक्षमा राजीव ढुंगानालाई, महामन्त्रीमा मनोज बैद्यसहितलाई नियुक्र गरेपछि ३२ बर्षभन्दा बढी उमेर भएका लाई काँग्रेसले नेविसंघका नेता बनाएको भन्दै विभिन्न आरोप प्रत्यारोप आउने क्रममा उनको नाममा ट्वीटर अकाउण्ट खोलेर जथाभावी ट्वीट गरेपछि अध्यक्ष ढुंगाना आक्रोशीत हुँदै प्रहरीकोमा कानूनी उपचारका लागि जाने भएका हुन् । सभापति ददेउवाका विश्वासपात्र समेत रहेका
ईमान्दार छवी भएका ढुंगाना सुनसरीबाट काँग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् ।