राजनीति

नेताहरुको सम्पती विवरण बुझाउनुपर्ने नियम बनाउन नेकपा नेताहरुको नेतृत्वसंग माग

काठमाडौ । नेकपा केन्द्रिय कमिटिको शुक्रबार बसेको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सरकारमा रहेका तीनै तहमा जनप्रतिनिधिको सम्पति छानविनको माग गरेको छ । बैठमा विभिन्न समुहको टोलि नेताले छलफल पछि सम्पति छानविन आयोगको माघ रहेको निष्कर्ष निकालेका हुन् ।

राष्टियसभा गृहमा शुक्रबार बसेको बैठकमा चार समुहको नेताल रिर्पोटि गरेका थिए । बैठकको क्रममा पारदर्शि रुपमा पार्टीका नेताहरुको सम्पति विवरण बुझाउनुपर्ने र आवश्यक परे छाविन हुनुपर्ने माग रहेको केन्द्रीय सदस्य यज्ञराज सुनुवारले बताए ।

केन्द्रीय कमिटिको बैठमा सरकारका तीन तहका रहेको जनप्रतिनिधिको सम्पति विवरणको मूल्यांकन हुनूपर्ने र सम्पति विवरण सार्वजनिक हुनुपर्ने माग गम्भिर रुपमा उठेको उनको भनाइ छ छ ।

बैठकमा टालि नेताहरु दिनानाथ सर्मा, भगवति चौधरी कमला रोक्का, लेखनाथ न्यौपानेले आ आफ्नो समुहमा भएका छलफलको क्रममा आएका सुझाव सुनाएका थिए । नेतृत्वसँग सम्पती विवरण बुझाउन माग गरेर नेताहरुले राम्रो काम गरेको भन्दै कार्यकर्ताहरुले सामाजिक सञ्जालमा धन्यबाददिन थालेका छन् ।