पर्यटन/संस्कृति

चितवनको विवादित महायज्ञ स्थगीत, हिन्दूको नाममा नक्कली बाबाको कलंक, भएन कारबाही

चितवन ।  चितवनको नारायणी नदी किनारमा सुरु गरिएको एक महिना लामो महा यज्ञ एक सातामा नै अन्त्य गरिएको छ ।
यज्ञका मुल वाचकका रुपमा रहेका बालयोगेश माहाराजका विषयमा ठगीको समाचार प्रकाशित भएपछि महा यज्ञका आयोजकले यज्ञ स्थगित गरेको हो ।

नाम परिवर्तन गरी आफुलाइ बालयोगेश माहाराज भनि परिचित गराएका बिजय भण्डारीको अतितका ठगीका कारण जेल परेको र बिचाराधिन मुद्धाबारे पत्रपत्रिकामा समाचार प्रकाशन भएपछि महा यज्ञ बिचमै रोकिएको हो ।

गत शनिबार महायज्ञको उदघाटन गर्न भन्दै चितवन पुगेका उपराष्टपति नन्दबहादुर पुन यज्ञ रोकिएको घटना थाहा भएपछि फिर्ता भएका थिए। बिभिन्न मिडियाले महाराजको नाममा ठगको सकृयता भन्दै समाचार प्रकाशन गरेपछि महायज्ञ विवादित बनेको थियो।

महायज्ञका आयोजकले महाराजको विरुद्धमा ७२ लाख नदिएपछि कान्तिपुर कार्यक्रम बिरुद्ध लागेको आरोप लगाएका थिए । आयोजक समितिका महासचिव लिीप न्यौपानेले महारजको समर्थनमा बोलेका भएपनि त्यसको केहीदिनपछि महाराज आयोजक समितिको सम्पर्कमा नभएको भन्दै महायज्ञ ७ दिनमा नै स्थगीत भएको जानकारी सहित विज्ञप्ती प्रकाशित गरेका छन् । स्थगीत गर्दा भने अध्यक्ष मनोज पुडाशैनीले सम्पूर्ण समिति उपसमिति भंग गर्दै स्थगीत गरेको बताएका छन् ।

नाम नै बदलेर बाबा भन्दै प्रवचन दिएर हजारौं भक्तजनहरुलाई झुक्याउन खोजेको प्रमाणीत हुँदा सम्म उनलाई कारबाही हुन सकेको छैन। सामाजि सञ्जालमा उनलाई कारबाही गनुपर्ने र हिन्दु धर्मलाई बद्नाम गराउन खोजेको आरेप लगाएर सयौं कमेन्ट आउन थालेका छन् ।