आर्थिक

टाटा मोटर्स जेन्युइन आयल नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक

चितवन । नेपालका लागि टाटा मोटर्स जेन्युइन पार्टस्को एकमात्र आधिकारिक वितरक सिप्रदी अटोपार्टस् प्रा. लि. ले टाटाका विभिन्नकमर्सियल गाडीहरूका लागि टाटा मोटर्सको एकमात्र जेन्युइनआयल बजारमा सार्वजनिक गरेको छ । अन्तर्रािष्ट्रय बजारका लागि गरिएको औपचारिक सार्वजनिक समारोहमा नेपालभरका टाटा मोटर्स जेन्युइन पार्टस्का एक सयभन्दा बढी खुद्रा बिक्रेता, च्याम्पियन जोन तथा आधिकारिक सर्भिस सेन्टरका प्रतिनिधिहरूको सहभागिता थियो।

उक्त समारोहका क्रममा टाटा मोटर्स लिमिटेड, कस्टमर केयरका ग्लोबल हेड श्री आर. रामाकृष्णन, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, टाटा मोटर्स लिमिटेड, स्पेयर पार्टस्का इन्टरनेशनलबिजनेस प्रमुख राकेश मित्तल, टाटा मोटर्स लिमिटेड, इन्टरनेशनलबिजनेस कस्टमर केयर प्रमुख गणेश शेट्टी, सिप्रदी ट्रेडिङ प्रा.लिका प्रमुख अपरेटिङ अधिकृत राजेशप्रसाद गिरी, टाटा मोटर्स लिमिटेड, स्पेयर पार्टस्का प्रबन्ध निर्देशक विशाल पटेल तथा सिप्रदी अटोपार्टस् प्रा. लि. का प्रबन्ध निर्देशक युवराज बूढाथोकीले संयुक्त रुपमा टाटा मोटर्स जेन्युइन आयल अन्तर्रािष्ट्रय बजारमा औपचारिक रूपमा सार्वजनिक भएको घोषणा गरेका थिए ।

उक्त समारोहमा १ देखि १५ लिटर रेन्ज सम्मका विभिन्न प्याकमा उपलब्ध तीन विभिन्न उत्पादनहरू– टाटा जेन्युइनइन्जिन आयल, गियर आयल तथा रियर एक्सल आयल लन्च गरिएको थियो।