आर्थिक

वाणिज्य बैंकद्वारा जनप्रभात विद्यालयमा सूचना प्रविधि कक्षा स्थापना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ३ नम्बर प्रादेशिक कार्यालय काठमाडौं र शाखा कार्यालय टेकुले संयुक्त रुपमा आयोजना गरी कालिमाटी स्थित जनप्रभात उच्च मा.वि.मा सूचान तथा संचार प्रविधि कक्षाको स्थापना गरी कक्षामा आवश्यक सूचना प्रविधि सम्बन्धी सामग्रीहरुको हस्तान्तरण गरिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोललाई सरस्वती पूजाको दिन सहयोग हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारी विद्यालयका विद्यार्थीहरुको क्षमता बृद्धिका लागि स्थापना गरिएको सूचान तथा संचार प्रविधि कक्षाले सहयोग पुर्याउने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोलले सुचना प्रविधि कक्षा भन्नाले कम्प्यूटर सीप वृद्धि गर्नु मात्र बुझिन्छ तर वास्तवमा संचार र सुचना प्रविधि कक्षा भनेको कम्प्यूटर र अन्य प्रविधि जस्ता उपकरणको प्रयोग गरी अडियो भिडियो प्रणाली मार्फत शैक्षिक विषयमा विद्यार्र्थीहरु लाई मनोरन्जन मुलक रुपमा ज्ञान दिने बताए ।

सो कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, ३ नम्बर प्रादेशिक कार्यालयकी प्रबन्धक सोनी श्रेष्ठ, शाखा कार्यालय टेकुका प्रबन्धक युवराज घिमिरे, प्रबन्धक रविन्द्र पोखरेल, उपप्रबन्धक गणेश प्रधान, विद्यालयका प्रधानाध्यापक सत्यन्द्रलाल कर्ण, शिक्षिका विजयाश्री बज्राचार्य लगायतकोे उपस्थिति रहेको थियो ।