राजनीति

ओली सरकारलाई काँग्रेसको आग्रहः कोरोना भाईरसबाट बचाउन चीनमा रहेका नेपाली तत्काल नेपाल ल्याउनुस्

काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चीनमा कोरोना भाईरसको संक्रमणबाट जोगाउन त्यहाँका नेपालीलाई तत्काल नेपाल फर्काउन नेपाल सरकारलाई दबाब दिएका छन् । विश्वका कतिपय मुलुकले आफ्ना नागरिकलाई आफ्नो देश फर्काइसकेको र कतिपयले फर्काउने तयारी गरेको अवस्थामा चीनमा रहेका नेपालीलाई नेपाल फर्काउन प्रयास समेत नगर्नु दुःखद भएको भन्दै भावनात्मक रुपमा चिन्तित भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट जोगाउँदै वुहानका नेपालीलाई यथासिघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन म सरकारलाई अनुरोध गर्दछु।’ सभापति देउवाले विज्ञप्ती जारी गर्दै भनेका छन् । नेपाल प्रवेश गर्ने हरेका नाकामा हेल्प डेस्क राखी कोरोना भाईरस स्रक्रमितलाई उच्च निगरानी गर्न अपील गर्दै सम्पूर्णलाई कोरोना भाईरसबारे सचेत रहन सभापति देउवाले आग्रह गरेका छन् ।

सभापति देउवाले सूचना सम्प्रेशणमा कमी गरेको भन्दै कोरोना भाईरसबारे नागरिकमा सचेतना जगाउन ढिला भएको महशुस गरेका छन् ।