समाचार

सभामुख द्वारा पेश शोक प्रस्ताव पारित

काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद् गम्भीरजङ्ग कार्कीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले पेश गरेको शोक प्रस्ताव बैठकले पारित गरेको हो । कार्की २०४८ सालमा नेपाली काँग्रेसका तर्फबाट पाल्पा क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित थिए।

कार्कीले काँग्रेस पाल्पाको पूर्वपार्टी सभापतिको जिम्मेवार सम्हाल्नाका साथै प्रजातन्त्र एवम् लोकतन्त्र स्थापनाको हरेक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनको ७४ वर्षका उमेरमा यही माघ ११ गते उपचारका क्रममा निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही माघ २१ गते अपराह्न १ बजे बस्नेछ ।