आर्थिक

रुस्लान अब देश बाहिर पनि

कठमाडौं । नेपालको अतिलोकप्रिय रुस्लान भोडकाले आफ्नो बजारलाई देश बाहिर बाह्य मुलुकहरुमा पनि विस्तार गर्न थालेको छ ।

अब रुस्लानका आकर्षक प्याक अष्ट्रेलिया, हङकङ, बेल्जियम, जापान, दक्षिण कोरिया र मलेसियाका बजारमा पनि देख्न सकिने भएको छ ।

नेपाली बजारमा पारखीको पहिलो रोजाईको ब्राण्ड बन्न सफल रुस्लानले विदेशी वजारमा पनि आफ्नो अमित छाप छोडन सफल हुनेमा जावलाखेल गु्रपअफइण्डष्ट्रिजका ग्रुपकार्यकारी निर्देशक सशिनजोशी विश्वस्त छन् ।

रुस्लान विगत चार दशक देखि पारखीको स्वाद र सन्तुष्टीलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाइएको नेपालको पहिलो भोडका हो ।

रुस्लानको अद्वितिय गुणस्तरले गर्दा नै अधिकाशं उपभोक्ताको रोजाईमा पर्न सफल पनि भएको छ ।

चीन, थाइल्याण्ड लगायतका देशहरुमापनि ब्राण्डको निकासीका लागि पहलभइरहेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।