मनोरञ्जन

सुन्दर लामिछाने र शान्ति रिजालको स्वरमा बुट्टे रुमाल सार्बजनिक

काठमाडौँ । गायक सुन्दर लामिछाने र शान्ति रिजालको स्वरमा नयाँ काठे दोहोरी गीत ‘बुट्टे रुमाल’ भर्खरै बजारमा आएको छ । यही माघ १६ गतेबाट डिजिटल बजारमा आएको ‘बुट्टे रुमाल’ बोलको उक्त गीत ॐ शान्ती म्युजिकको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

लोकप्रिय गीत लाई पस्कने गायक सुन्दर लामिछानेले यस अगी पनि धेरै गीतहरु बजारमा ल्याइसकेका छन् । २०५४ सालबाट आफ्नो सांगीतिक यात्रा सुभारम्भ गरेका उनले केहि समय अगाडी मात्रै अचार मिठो करेली बोलको गीत बजारमा ल्याएका थिए ।

‘बुट्टे रुमाल’ बोलको गीतकी गायिका शान्ति रिजालले पनि यस भन्दा अगाडी धेरै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेकी छिन् ।

सुरुका दिनमा रहरमा यस क्षेत्रमा लागेको भए पनि अहिले संगीतको नशाले शान्तिलाई निरन्तरताको बाटोमा लम्क्याईरहेको छ । प्रस्तुति गीतमा लय सुन्दर लामिछाने र शिब नारायण जोशीको रहेको छ भने शब्द सुन्दर लामिछानेको नै रहेको छ ।

श्रीहरी दुलालको प्रस्तुतीमा बजारमा आएको उक्त गीतको म्युजिक भिडियोमा सन्जिब ठकुरी र आयुष्मा कार्की श्रीहरी दुलाल र सिर्जना कार्कीको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ ।

देबेन्द्र पान्डेको निर्देशन रहेको भिडियोलाई छायांकन बिपिन क्षेत्री र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

गितको भिडियोः