मनोरञ्जन

दिपा मेवाहाङ राईको शब्दमा ”हाँसी हाँसी ” भिडियो सहित !

काठमाडौं । नेपाली सुगम गीत संगीतमा निकै रुचाइएकी गायिका अन्जु पन्तको आवाजमा रहेको ”हाँसी हाँसी ” भिडियो सहित सार्वजनिक भएको छ ।

प्रेम र समपर्णलाई गीतमा समेटिएको छ । दिपा मेवाहाङ राईको शब्द तथा डि आर अटुको संगीतमा गीत रहेको छ ।

जिवनमा प्रेमको भावलाई नवुझदाको पिडालाई गीतमा समेटिएको छ । बुद्ध थापाको छायाँकन , विकाश दाहालको सम्पादन तथा प्रकाश धितालको निर्देशन भिडियोमा रहेको छ ।

”हाँसी हाँसी ” गीतको भिडियोमा लक्ष्मी बर्देवा र रमेश वाँनियाको अभिनय रहेको छ ।

गितको भिडियोः

https://youtu.be/PKv9CagjGt0