अन्तर्राष्ट्रिय

दुष्ट कोरोना भाईरसः लियो २ सय बढीको ज्यानः १८ मुलुकमा फैलियो

एजेन्सी । चीनमा महामारिका रुपमा फैलिएको कोरोना भाईरसले २ सय बढीको ज्यान लिएको छ । हालसम्म उक्त भाईसका कारण २ सय १३ जनाको मृत्यु भएको छ ।

चीनियाँ अधिकारीहरुले उक्त सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २०० नाघेको बतााएका छन् । यस्तै उता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नयाँ कोरोना भाईरसका कारण विश्वव्यापी स्वास्थ्य संकट घोषणा गरिसकेको छ ।

चीनबाट सुरु भएको उक्त भाईरसले हाल नेपाल सहित १८ देशमा ९८ जनामा संत्रमण भएको पुष्टि भएको छ । भाईरसले जटिल रुप लिदै गएपछि अन्य मुलुकले चीनमा रहेका आफ्ना नागरिकलाई स्वदेश र्फकाउन थालेका छन् ।

यस्तै नेपाल सरकारले पनि विभिन्न नाका लगाएत बिमानस्थलहरुमा मा सुरक्षा चेकजाँचका लागि हेल्थडेस्क स्थापना गरेको छ ।

तर नेपालीहरुलाई स्वदेश र्फकाउने तर्फ भने कुनै चासो देखाएको छैन । यो भाईरषले विश्वभरीनै स्वास्थ्य संकट निम्त्याएको छ । चीन सरकारले भने डराउनु नपर्ने भन्दै उक्त भाईरस निर्मुल हुन थालेको बताई रहँदा मृतकको सङ्ख्या दिन–दिनै बढिरहेको छ ।