शिक्षा

बालबालिकालाई शैक्षिक सामग्री प्रदान

रामपुर । नेपाल पुस्तक तथा शैक्षिक व्यवसायी महासङ्घ, पाल्पा शाखाले फरक क्षमता भएका बालबालिकालाई शैक्षिकका सामग्री प्रदान गरेको छ ।

बिहीबार पुस्तक दिवसको अवसरमा शाखाले सिबिआरको केयर सेन्टरमा रहेका १२ जना फरक क्षमता भएका बालबालिकालाई रु १५ हजार बराबरको शैक्षिकका सामग्री सहयोग गरिएको महासङ्घका अध्यक्ष किशोर भट्टराईले जानकारी दिएका छन् ।

शारीरिकरुपमा तथा मानसिकरुपमा अपाङ्गता भएका छ बालबालिकाबाट शुरुआत भएको सेन्टरमा हाल १२ रहेको सिबिआर पाल्पा कार्यक्रम संयोजक कृष्ण गहतराजले जानकारी दिएका छन् ।

सेन्टरभन्दा बाहिर २८ बालबालिका अपाङ्गता रहे पनि विविध समस्याले समेट्न नसकिएको उनले बताए ।

ती बालबालिकालाई विभिन्न दातृ निकायको र विभिन्न व्यक्तिबाट राखिएको अक्षयकोष रकमबाट दैनिक व्यवस्थापन गरिदै आइएको जनाइएको छ ।