अन्तर्राष्ट्रिय

ब्रेक्जिटको पूर्वसन्ध्यामा बेलायती प्रधानमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता हुँदै

एजेन्सी । बेलायतको शनिबारदेखि औपचारिक रूपमा यूरोपेली यूनियन ९इयू० बाट करिब आधा शताब्दीपछि बहिर्गमन हुँदैछ ।

बेलायतले इयूको सदस्यता त्याग्ने पहिलो मुलुक बन्दै शुक्रबार मध्यरातपछि इयूबाट बाहिरिँदै नयाँ अध्यायको सुरूवात गर्नेछ ।

यद्यपि उसले आगामी ११ महिनाका लागि ब्रसेल्सका अधिकांश कानूनमा रहनेछ तर संक्रमणकालीन समयको समाप्तिसँगै बेलायतले विश्वको सबैभन्दा ठूलो र युके व्यापारको लागि सबभन्दा महत्वपूर्ण एकल यूरोपेली बजारमा विशेषाधिकार गुमाउने सम्भावना रहनेछ ।

बिहीबार जोनसनले आफ्ना २७ पूर्व साझेदारहरूसँग महत्वाकांक्षी स्वतन्त्र व्यापार सम्झौताको वार्तालाई अघि बढाउने सम्भावना रहेको छ ।

इयूबाट बहिर्गमनसँगै बेलायतले अमेरिकासँग आकर्षक व्यापार सम्झौता पनि गर्ने तयारी रहेको बताइएको छ । यसै सन्दर्भमा प्रधानमन्त्री जोनसन लगायतका अधिकारीहरूले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

“यो हाम्रो देशको लागि बृहत् क्षण हो । आशा र अवसरको क्षण हो,” बेलायती प्रधानमन्त्रीले बुधबार भने । उनले इयूबाट बेलायतको बहिर्गमन हुनुभन्दा करिब एक घण्टा पहिले शुक्रबार राति देशवासीका नाममा सम्बोधन गर्ने तयारी छ ।

यसैबीच, अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ यस क्षेत्रका पाँच मुलुकको भ्रमणका क्रममा बुधबार यूक्रेन पुगेका छन् ।

“अमेरिका र बेलायत विभिन्न मुद्दाहरुमा लामो समयदेखि महत्वपूर्ण सहयोगी रहेको साथै आगामी दिनमा पनि रचनात्मक छलफलको माध्यमबाट विशेष सम्बन्ध सुदृढ हुँदै गएको छ,” उनले ट्वीट गरेका छन् ।

यूक्रेन जाने क्रममा अमेरिकाबाट छुट्नु पहिले उनले पत्रकारहरुलाई भने , “बेलायतले महिनौंको अमेरिकी चेतावनीहरूलाई बेवास्ता गर्ने र चीनको विशाल टेलिकम कम्पनी हुआवेलाई उसको फाइभ–जी नेटवर्कको बिस्तारबारे बेलायतसँग आफ्नोे कुराकानी हुनेछ ।”

“हामी यो कुरा सुनिश्चित गर्नेछौं कि जब अमेरिकी सूचनाहरू नेटवर्क मार्फत जान्छन् हामी विश्वस्त हुन्छौं कि त्यो नेटवर्क एक भरोसायोग्य हो,” उनले थपे । पोम्पेओले बेलायती परराष्ट्र सचिव डोमिनिक रबसँगै एक कन्जर्भेटिभ विचारकहरूसँग पनि बहिर्गमनपछिको बेलायतको भविष्यबारे छलफल गर्ने बताइएको छ ।

यसअघि उनले बुधबार साँझ आफ्नो बेलायती समकक्षीसँग भेट गरी विवादित मुद्दासहित विविध बिषयमा कुराकानी गरेका थिए । कुराकानीमा बेलायतको तर्फबाट व्यापार सम्झौता लगायतका बिषयमा धेरै सकारात्मक सङ्केतहरू आएका पोम्पेओले बताएका अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।