अन्तर्राष्ट्रिय

ट्रम्पको मध्युपूर्व शान्ति योजना ‘हाँस्यास्पदः इरान

एजेन्सी । इरानका राष्ट्रपति हसन रौहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तुत मध्यपूर्व शान्ति योजनालाई ‘हाँस्यास्पद’ भएको टिप्पणी गरेका छन् ।

तास्नीम समाचार संस्थाले बिहीबार सम्प्रेषण गरेको समाचार अनुसार ट्रम्पको योजना चर्चाका लागि मात्रै भएको रौहानीको भनाइ छ ।

“यो मुर्खतापूर्ण हल्ला हो,” रौहानीले भने, “ट्रम्पले मध्यपूर्व शान्ति स्थापनाका लागि भन्दै प्रस्तुत गरेको प्रस्ताव खारेज गर्न ह्वाईट हाउसलाई सुझाव दिन्छु ।

” अमेरिकी राष्ट्रपति ट्रम्पले यस योजनालाई ‘शताब्दीकै राम्रो योजना’का रूपमा व्याख्या गरिरहेका बेला इरानी राष्ट्रपति रौहानीले भने ठीक विपरीत संज्ञा दिएका छन् ।

राष्ट्रपति ट्रम्पले वहुप्रतिक्षीत मध्यपूर्व शान्ति योजना गत मङ्गलबार सार्वजनिक गरेका थिए ।

उनको योजनालाई रौहानीले झै प्यालेस्टिानीले यसअघि नै अस्विकार गरिसकेको छ । प्यालेस्टाइनले ट्रम्पको योजना इजरायलको पक्षमा रहेको भन्दै यसलाई मान्न आफू वाध्य नभएको बताएको छ ।