आर्थिक

टोयोटा डिलर्स मिट २०२० सफल रुपमा समापन

काठमाडौँ । टोयोटा मोटर्सका एकमात्र आधिकारिक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट (यू .टि .एस) द्वारा आयोजित टोयोटाको आधिकारिक डिलर भेला यस बर्षका लागि आधिकारिक रुपमा सम्पन्न भएको छ । गत सोमबार पोखरा स्थित होटल बाराहीमा संचालन गरिएको उक्त बैठकमा यू .टि .एस की प्रबन्ध निर्देशक रीतु वैद्य लगायत देशभरका टोयोटा थ्री एस डिलरहरुले सहभागिता जनाएका थिए ।

उक्त भेलाको उद्देश्य यूटिएसले वर्षौँ देखि ग्राहकहरुलाई प्रदान गर्दै आएको टोयोटाका सवारीहरुको बिक्री र सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउनु रहेको थियो ।

ग्राहक वर्गमाझ सर्वाधिक रुपमा लोकप्रिय रहेको ब्राण्ड टोयोटाले नेपालमा विगत ५० वर्षभन्दा बढी समय देखि विभिन्न मोडलका सवारीहरु बिक्री वितरण गर्दै आएको छ । अधिराज्यभर फैलिएको बिक्री वितरण सन्जाल, सेवा केन्द्रले प्रदान गर्दै आएको सहज सेवा तथा सुविधाका कारण ग्राहकको आँखामा विश्वाशिलो ब्राण्ड बन्न पुगेको टोयोटा भविश्यमा पनि यसरी नै ग्राहकको सेवा र सहजतामा तत्पर रहने कुरामा अडिग रहेको छ ।