आर्थिक

प्रभु बैंकको लाङटाङस्थित केन्जिङ्गमा शाखा कार्यालय सञ्चालनमा

प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नं. ४ स्थित लाङटाङ–केन्जिङ्गमा आफ्नो २०६औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको लाङटाङ शाखा कार्यालयको समुद्घाटन गोसाइकुण्ड गाउँपालिकास्थित प्रशिद्ध केन्जिङ्ग गुम्बाका प्रमुख लामाश्री साङगे लामाल एक समारोहका वीब गरेका थिए ।

बैंकको लाङटाङमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी साङगे लामाले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँचन पुगेको ठाउँहरुमा  आफ्नो शाखाकार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा आधुनिक बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्रनभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे । बैंकका लाङटाङ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।