सामाजिक सञ्जाल

राजकुमार ह्यारीले दरबार छाडे तर नेपालकी राष्ट्रपति बिद्याले सोफा छाड्न नसक्नु दुर्भाग्यः दिल निसानी

काठमाडौ ।दिल निशानी मगरले राष्ट्रपति बिद्यादेवी भण्डारीले बिमानस्थलमा समेत सोफा छाड्न नसकेर पदलोलुपमाथी अहंकार देखाएको भन्दै व्यंग्य गरेका छन् । उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै भोजपुर मानेभंज्याङमा मोहीको झोल र मकैको आटो खाएर हुर्केकी राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा समेत सोफा छोड्न सकिनन् , भन्दै बेलायती राजकुमार ह्यारीले आफ्ना श्रिमती मेघन र छोरा सहित बर्मिङ्गघम दरबारबाट राजकीय पद त्यागरे निस्केको घटनासँग जोडेका छन् ।

सामाजिक संजालमा कसैको समर्थन र कसैको तीब्र बिरोधमा निस्केर चर्चा कमाएका लेखक तथा प्रगतीशिल लेखक मगरले राष्ट्रपति भण्डारीमाथी यसपटक तीखो प्रहार गरेका छन् ।

उनी भन्छन्ः बेलायती राजकुमार ह्यारीले आफ्ना श्रिमती मेघन र छोरासहित बर्मिङ्गघम दरबारबाट राजकीय पद त्यागरे निस्के। भोजपुर मानेभंज्याङमा मोहीको झोल र मकैको आटो खाएर हुर्केकी राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा समेत सोफा छोड्न सकिनन्।
यसैलाई भनिन्छ- नपाउनेले केरा पायो बोक्रा संग खायो।