आर्थिक

नेपाल एसबिआई बैंकले ल्याए वैदेशिक रोजगारीमा जाने श्रमिकलाई वचत तथा कर्जा सूविधा

जनकपूर । नेपाल एसबिआई बैंकले प्रदेश नं २ का वैदेशिक रोजगारीमा जाने श्रमिक र तिनका परिवारलाई लक्षित गरी वचत तथा कर्जा सूविधा ल्याएको छ । उक्त सूविधा नेपाल एसबिआई बैंकका ४ शाखाः बर्दिबास, जनकपर, लाहान र मिर्चैयामा उपलब्ध छ ।

उक्त सूविधाको उद्घाटन प्रदेश नं २ का मूख्यमन्त्री लालबाबू राउत, राम कृष्ण सवेदी, मूख्यसचिव, मूख्य मन्त्रीको कार्यालय, प्रदेश नं २, प्रेम कूमार श्रेष्ठ, सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश नं २,  रोब क्लार्क, निजी क्षेत्र विकास सल्लाहकार, प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, नेपाल एसबिआई बैंकले संयूक्त रुपमा गरेका हुन् ।