आर्थिक

आरविवि मर्चेन्ट बैंकिङ्गको ५औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको ५ औं वार्षिकोत्सव समारोह नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक श्री निरजगिरी तथा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदको विशिष्ठ आथित्यतामा बुधबार सम्पन्न भएको छ ।

समारोहमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले मर्चेन्ट बैंकिङ्ग लि.लाई ५औं वार्षिकोत्सवको अवसरमा कम्पनीको उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिँनै यस क्षेत्रमा हुँदै आएका काम कारबाहीहरुलाई अझै पारदर्शी रुपमा देशका हरेक स्थानहरुबाट सम्पन्न गराउनको लागिकार्य भइरहेको तथा लगानी मैत्री वातावरण सृजन गर्नको लागि अध्ययन समेत भइरहेको जानकारी गराए ।

उनले मर्चेन्ट बैंकरहरुलाई इङ्गितगर्दै लगानीका नयाँ आयामहरुको अध्ययन अनुसन्धान गरिनुपर्ने तथा नियामकनिकायहरुलाई सो सम्बन्धी कार्यविधितयार बनाउन समेत पहलगर्नुपर्ने बताए ।

समारोहमा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले धितोपत्र कारोबार सहज र सरल रुपमा गर्नको लागि इलष्लिभ प्रणली लागु भैसकेको तथा बजारमा सुचिकृत बैंक तथा वित्तीय संस्था साथै अन्य कम्पनीहरुको बारेमा विश्लेषण गर्नको लागि छुट्टै म्बतब द्यबकभ तयार भैरहेको कुरा जानकारी गराए ।
मर्चेन्टका प्रमुख कार्यकारी बद्री प्रसाद प्याकुरेलले मर्चेन्टको वर्तमान स्थिति, संस्थाले नेपाल पुनर्बीमा कम्पनीले निष्कासन गर्न लागेको १ अर्ब ६० करोड रुपैँया बराबरको प्रथमिक सेयर सर्वसाधारण समुहलाई निष्कासन गर्नको लागि आर विवि मर्चेन्ट बैंकिङ्ग संग सम्झौता भएबमोजिम उक्त निष्कासनको अन्तिम चरणको काम भइरहेको साथै विभिन्न कम्पनीहरुसंग समन्वयगर्दै विभिन्न सम्झौता समेत भइरहेको जानकारी गराए ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले कम्पनीको ५औं वार्षिकोत्स समारोह मनाउने अवसरमा यस संस्थालाई एउटा हुर्कीरहेको बच्चाको संज्ञा दिँदै अबको दिनमा यस संस्थाले धितोपत्रबाजारको चुनौतीहरुलाई आत्मसाथगरि आफूलाई पनि रा.बा.बैं जसरी नै स्थापित हुनको लागि प्रोत्साहन दिए ।

कार्यक्रम मारा.बा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारीे र केशव प्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु टेकराज जोशी र महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, कम्पनी सचीव भोलानाथ पौडेल, क्षत्रीय प्रमुख सोनी श्रेष्ठ, आन्तरिक लेखा परिक्षण प्रमुख संजय कुमार श्रेष्ठ, शाखा प्रबन्धक युवराज घिमिरे लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।