सुदूरपश्चिम

स्ववियु निर्वाचन बारे अखिल (क्रान्तिकारी) ले दियो यस्तो चेतावनी !

कैलाली । अखिल नेपाल राष्ट्रिय स्तन्त्र विद्यार्थि युनियन (क्रान्तिकारीले) समानुपातिक र समाबेसी सहितको नयाँ स्ववियु निर्माणका लागि निर्वाध रुपमा स्ववियु निर्वाचनमा भाग लिने वातावरण बनाउन आग्रह गरेको छ ।

नेकपा निकट विद्यार्थि संगठन अखिल त्रन्तिकारी कैलाली  जिल्लाले आफ्ना विद्यार्थी नेता माथिका झुट्टामुद्दा खारेज , गिरफ्तार नेता को रिहाई र समानुपातिक समाबेसी सहितको निर्वाध रुपमा स्ववियु निर्वाचनमा भाग लिने व्यसस्था मिलाउन सम्पुर्ण क्याम्पस प्रसाशनलाई आग्रह गरेको हो ।

संगठनका अध्यक्ष सुवास जोसिले आज विज्ञप्ति जारी गर्दै अन्यथा आफुहरुमको मागलाई बेवास्ता गरिए यथास्थितिमा गरिने स्ववियु निर्वाचन लाई खारेज गर्न सम्पुर्ण क्रान्तिकारी विद्यार्थीहरुलाई आह्वान गरेका छन् ।

साथै कैलाली जिल्लाका स्ववियु निर्वाचन हुने क्याम्पस हरुमा संगठनले स्ववियु सम्बन्धि संगठनको धारणा सहितको ज्ञापनपत्र यश अघिनै बुझाई सकेको विज्ञप्तिमा उल्लेख छ ।