बाग्मती

किन पक्राउ परे दक्षिणकाली ४ का वडाअध्यक्षः यस्तो छ खास कारण !

काठमाडौं । मानव बेचबिखन तथा ओसार–पसारको आरोपमा काठमाडौं दक्षिणकाली नगरपालीका ४ का वडाअध्यक्ष लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त आरोपमा अध्यक्ष पुष्कर खड्कासहित अन्य तिन जनालाई पनि नियन्त्रणमा लिएको हो । उता नगरपालीकाका जनप्रतिनिधि र कर्मचारी भने उक्त घटनाको आफुलाई जानकारी नभएको भन्दै मौन वसेको प्रहरीले बतएको छ ।

यस्तै नगरपालीकाका मेयर मोहन वस्नेतले पनि खड्का घुम्न गएको भन्नेबोरे मात्रै आफुलाई जानकारी भएको बताएका छन् । र खड्का केहिदिन देखी आफनो सम्पर्कमा नभएको बताएका छन् ।

एक महिलाको उजुरीको आधारमा उनिहरुलाई महानगरीय परिसर ललितपुर र महानगरीए प्रहरी प्रभाग सानेपाको संयुक्त टोलीले खड्का संगै व्रिजगोपाल श्रेष्ठ र नवल ठाकुरलाई गत सुक्रबार नियन्त्रणमा लिएको थियो ।

उक्त महिला देहव्यापार गर्ने गरेको उजुरी दिएपछि सानेमास्थित एक खाजाघरमा प्रहरीले छापा मारेको थियो । अनुसन्धानका लागि ३ जनालाई नियन्त्रणमा लिएको ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिएका छन् ।

उनिहरुलाई मावन बेचबिखन तथा ओसार पसार ऐनअनुसार ९ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको उनले बताए । पक्राउ परेका ठाकुर भारत मोतिहरीका हुन् भने श्रेष्ठकाठमाडौंकै वासिन्दा हुन् ।