राजनीति

सहिद दिवशमा नेता पौडेलको प्रस्तावः देश, जनता र लोकतन्त्रका लागि सबै राजनीतिक दल एकजुट होऔं

काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ रामचन्द्र पौडेलले सहिद दिवशको अवशरमा श्रद्धान्जली अर्पण गरेका छन् । उनले नागरिकको स्वतन्त्रताका लागि रगत बगाउने सहिदहरूले देखाएको बाटो अझै स्पष्ट हुन सकेको छैन,अझै पनि नागरिकका अधिकार सुनिश्चितताका लागि खबरदारि आवश्यक रहेको बताएका छन् ।

नेता पौडेलले सामाजिक सञ्जालमा स्टाटस् लेख्दै जहानिय राणा शासकले शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथ चन्दलाई फाँसी दिईएको स्मरण गर्दै सहिद दिवसको अवसरमा नागरिक स्वतन्त्रताको जगेर्नाका लागि एकजुट हुने शक्ति मिलोस भन्ने कामना समेत गरेका छन् । देशमा लोकतन्त्रका लागि पुरा जिवन संघर्षमा बिताएका नेता पौडेलले देश, जनता र लोकतन्त्रका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने धारणा राखेका हुन् ।

बरिष्ठ नेता पौडेलको स्टाटस्ः सहिद दिवस २०७६ को अवसरमा विभिन्न लोकतान्त्रिक आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात सहिदहरू प्रति भावपुर्ण श्रद्धाञ्जली ज्ञापन गर्दछु । जहानिय राणा शासकले शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथ चन्दलाई फाँसी दिईएको थियो । सोहि स्मरणमा हरेक वर्ष सहिद सप्ताह मनाउने गरिन्छ । नागरिकको स्वतन्त्रताका लागि रगत बगाउने सहिदहरूले देखाएको बाटो अझै स्पष्ट हुन सकेको छैन । अझै पनि नागरिकका अधिकार सुनिश्चितताका लागि खबरदारि आवश्यक रहेको छ । सहिद दिवसको अवसरमा नागरिक स्वतन्त्रताको जगेर्नाका लागि एकजुट हुने शक्ति मिलोस भन्ने समेत कामना गर्दछु ।