पु.समाचार

चीनबाट कोरोना प्रभावित नेपालीलाई तत्काल नेपाल फर्काउन अध्यक्ष थापाको आग्रह

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले कोरोना प्रभावित मुलुकमा रहेका नागरिकको तत्काल उद्दार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत अध्यक्ष थापाले चीनमा फैलिएको कोरानो भाईरसका कारण त्यहाँ रहेका नेपालीलाई पनि खतरा रहेको भन्दै उद्दारका लागि नेपाल सरकार र परराष्टमन्त्रीको ध्यानाकर्षण गरेका हुन् ।

हाल सम्म उक्त भाईरसका कारण चीनमा सयौं को मृत्यु भईसकेको छ भने हजारौं प्रभावित भएका छन् । साथै अन्य मुलुकहरुले पनि आफना देशका नागरिकको उद्दार कार्यलाई तिब्रता दिएका छन् ।

उनलको ट्वीटः चिनको कोरोनाभाईरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुलाई उद्धार गर्ने र स्वदेश फिर्ता ल्याउने वारे सरकारले तत्काल आवश्यक कार्य गर्न प्रम र परराष्ट्र मन्त्री को ध्यानआकर्षित गर्दछु ।