सामाजिक सञ्जाल

लंका जित्ने हावा कुरा गर्ने ओली सरकार अन्तमा कुम्भकर्ण झैं निदाउछः संग्रौला

काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले ओली सरकारले अनावस्यक हावा कुरामा जनतालाई भुलाएको भन्दै व्यंग्य गरेका छन् । उनले ओली सरकारले काम भन्दा कुरो धेरै गरेको बताएका हुन् ।

समाजिक सञ्जाल ट्वीटरमार्फत संग्रौलाले प्रधानमन्त्री ओलीले हरेककुरामा लङ्का जित्ने हावा दाबी गरेपनि अत्नमा कुम्भकर्ण झैं निदाउने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटमा उनले ओलीले कालापानि, लिपुलेकको बारेमा भारतलाई भनिसक्यौं भन्दै दाबी गरेको कतै रेल र पानी जहाजको जस्तै स्वैरकल्पना त होईन भन्दै प्रश्न गरेका छन् । संग्रौलाले अगाडी भनेका छन् कुनै दिन ओली सरकारले भन्न बेर छैन हामी लाल हौं अतः लालकिल्ला हाम्रै हो ।

उनको ट्वीटरः ओली सरले भनेछन् ( हामीले भारतलाई भनिसक्यौँ,कालापानी क्षेत्र हाम्रै हो । गजप ! यो रेल र पानीजहाजस्तै ओलीय स्वैरकल्पना हो। ओली सर लङ्का जित्ने डङ्का पिट्छन् र कुम्भकर्णे निन्द्रमा सुत्छन् । कुन दिन यिनले भन्न बेर छैन ( हामी लाल हौँ,अतः दिल्लीको लालकिल्ला हाम्रै हो । गजप  !!