खेलकुद

ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदै !

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज ९बिहिबार० दुई खेल हुदैछ । लिगको नवौं चरणको अन्तिम दिन च्यासल र फ्रेन्ड्स तथा ब्रिगेड ब्वाईज र एनआरटी भिड्न लागेका हुन् ।

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ । ललितपुर डर्बीको फ्रेन्ड्स र च्यासल मध्यान्न १२ बजे भिड्नेछन् । च्यासल ९ अंक सहित तालिकाको नवौं स्थानमा छ । फ्रेन्ड्स ८ अंक सहित ११ औं स्थानमा छ ।

दोस्रो खेलमा ब्रिगेड ब्वाईज र एनआरटी दिउँसो ३ बजे आमने सामने हुनेछन् । ब्रिगेड ८ अंक सहित दशौं र एनआरटी १२ अंक सहित छैटौं स्थानमा छ ।

ललितपुरे डर्बीमा बिहिबार च्यासल युथ क्लब र कुपन्डोलको फ्रेण्ड्स क्लब भिड्दैछन् । लिगको नवौ‌ चरणको खेलमा दुई टोली भिड्न लागेका हुन् । रेलिगेशन क्षेत्र नजिकै रहेका दुई क्लबको भिडन्त रेलिगेशन क्षेत्रबाट माथि उम्किन हुनेछ ।

लिगमा एक खेल कम खेलेका दुबै क्लब रेलिगेशन क्षेत्रको नजिक छन् । च्यासल ८ खेलबाट ९ अंक सहित नवौं स्थानमा छ । फ्रेण्ड्स भने ८ अंक सहित ११ औं स्थानमा छ ।

राष्ट्रिय टिमका पुर्व स्ट्राइकर सन्तोष साहुखलको कप्तानीमा रहेको च्यासल छिमेकी फ्रेण्ड्सलाई पराजित गर्दै तालिका सुधार गर्न चाहन्छ । च्यासल लिगको तेस्रो जित निकाल्ने दाउमा हुनेछ ।

‘बिबिसीविरुद्ध केहि सुधार भएको छ । अब बिना दबाब शीर्ष ६ का लागि खेल्छौं ।’ अन्तिम खेलमा बिबिसीलाई १(० गोल अन्तरले पराजित गरेका च्यासलका प्रशिक्षक बालगोपाल साहुखल भन्छन् ।

यता ब्राजिलियन तीन खेलाडी र प्रशिक्षकको साथ पाएको फ्रेण्ड्स छिमेकी च्यासललाई पराजित गर्दै तालिकामा सुधार गर्न चाहन्छ । च्यासललाई पराजित गर्दै फ्रेण्ड्स तेस्रो जित निकाल्ने दाउमा छ । ‘च्यासलविरुद्ध जितकै लागि खेल्छौं ।’ फ्रेण्डस क्लबका सहायक प्रशिक्षक शुक्र तामाङ भन्छन् ।

च्यासलले मिडफिल्डर छिरिङ गुरुङलाई गुमाउने छ । उनी दोहोरो पहेलो कार्डका कारण निलम्बनमा रहनेछन् । अन्तिम खेलमा चोटले विश्राममा रहेका सुनिल बल खेलमा फर्कन सक्नेछन् ।

यता, फ्रेण्ड्स पनि आफ्ना ब्राजिलियन डिफेन्डर साउलो डि अक्विइनोलाई दोहोरो पहेलो कार्डका कारण गुमाउने छ । लिगको ६२ औं खेलमा दुबै टिमले एक एक साउथ एसियन खेलाडीसहित ३ विदेशी खेलाडी मैदान उतार्ने छन् ।

ब्रिगेड ब्वाईज अर्थात बिबिसी रेलिगेशन क्षेत्र नजिकै छ । ब्रिगेड ८ अंक सहित तालिकाको १० औं स्थानमा छ । ब्रिगेड पुछारको टिम सरस्वती भन्दा मात्र चार अंकले माथि छ । उसलाई मैदान बाहिरको चलखेलले रेलिगेशनमा पर्ने डर समेत छ ।

लिग तालिकामा सुधार गर्ने लक्ष्य सहित ब्रिगेडले बिहिबार दोस्रो खेलमा बलियो प्रत्यासी एनआरटीसंग प्रतिस्पर्धा गर्दैछ । लिगको नवौं चरणको अन्तिम खेलमा ब्रिगेड र एनआरटी भिड्न लागेका हुन् ।

गत सिजनको खराब प्रदर्शनका कारण ऋण अंकबाट नयाँ सिजनको सुरुवात गरेको एनआरटी १२ अंक सहित तालिकाको छैटौ स्थानमा रहेको छ । नवौं चरणको अन्तिम खेलमा एनआरटीले ब्रिगेडलाई पराजित गर्दै पाँचौं जित आत्मसाथ गर्न चाहन्छ । ब्रिगेडविरुद्ध जित हात पार्दै एनआटी चौथौ स्थानमा उक्लन चाहन्छ ।

‘ब्रिगेडलाई सामान्य लिदैनौं । राम्रो टिम छ । जबसम्म गोल हुँदैन, तबसम्म भन्न सकिदैन । आफ्नो पक्षमा खेल ल्याउन खेल्छौं ।’ एनआरटी क्लबका प्रशिक्षक राजुकाजी शाक्य भन्छन् । यता, ब्रिगेड पनि एनआरटिलाई पराजित गर्दै रेलिगेशन क्षेत्रबाट टाढा रहन चाहन्छ ।

एनआरटीविरुद्ध बिबिसी तेस्रो जित निकाल्ने दाउमा हुनेछ । ‘एनआरटी राम्रो छ । हामी पनि आफ्नो खेल खेल्छौं । जित्न खेल्छौं ।’ बिबिसीका ब्यवस्थापक अर्विन गुरुङ भन्छन् ।

एनआरटीविरुद्ध बिबिसीको जर्सीमा अष्टे«लियमा रहँदै आएका शुलभ मास्के देखिनेछन् । गत सिजन मनाङबाट लिग खेलेका उनि त्यसयता अष्टे«लियमा छन् ।

बिहिबार एनआरटीले आफ्ना विदेशी मिडफिल्डर जुनियर ओन्गुएनलाई गुमाउने छ । आर्मीविरुद्धको अन्तिम खेलमा उनले दोहोरो पहेलो कार्ड पाएका थिए । यस्तै घाईते बिक्रम धिमाललाई पनि एनआरटीले गुमाउन सक्नेछन । यता, बिबिसीले पनि आफ्ना भारतीय खेलाडी मोहम्मद सौकातलाई गुमाउने छ । अन्य खेलाडी भने उपलब्ध हुनेछन् ।