समाचार

सोल्टीमोडको होटलमा बंगलादेशी व्यापारीको हत्या, सँगै बसेका एक फरार

काठमाडौं । काठमाडौंको सोल्टीमोड होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा बंगलादेशका ४५ वर्षीय मोहिद्दिन अहमदको हत्या भएको छ । ट्राभल एजेन्सी सञ्चालकसमेत गरेका उनको एक साताअघि हत्या भएको प्रहरीले जानकारी दिए । ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताए । मृतक अहमदसँगै होटलमा बसेका एक जना फरार रहेको प्रहरीले जानकारी दिए ।