राजनीति

गगनले सुनसरी पुगेर भनेः केपी ओली नेतृत्वको सरकार नै नेपालको अन्तिम कम्युनिष्ट सरकार

इटहरी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार दम्भ बढाएर जनताबिरुद्ध उत्रिएकाले अहिले नै अन्तिम कम्युनिष्ट सरकारको नाममा इतिहासमा नाम लेखाउने हिसावमा रहेको बताएका छन् ।

सुनसरीको रामधुनी नगरपालीकाले गरेको काँग्रेस कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै अधिनायकबादी चरित्र लादैं प्रेश नियन्त्रण, भ्रष्टाचारीलाई संरक्षण, सुन तस्करीलाई संरक्षण, विकासका काममा शुन्यता हुँदै जनता बिरुद्ध लागेको प्रमाणित हुँदै गएका कारण ओली सरकार नै नेपालको अन्तिम कम्युनिष्ट सरकार हुने बाटोमा गएको दाबी गरेका छन् । कम्युनिष्ट सरकार सच्चिएको खण्डमा भने जनताले विश्वास गर्न सक्ने अवस्था अझै रहेको उनको टिप्पणी छ ।

नेकपा कम्युष्टि सरकारले मुलुकलाई ३० बर्ष पछि धकेलेको भन्दै मुक्का हाने, टेवल भाच्ने, बिर्केस फुटाउने त्यसबेलाका कम्युनिष्ट प्रतिपक्ष सरकारमा गएर पनि भद्र ब्यवहार देखाउन नसकेको आरोप लगाएका छन् । कार्यक्रममा सुनसरी जिल्ला सभापति राजीव कोईराला, साँसद सीताराम मेहता, नेता नगेन्द्र चौधरी, सचिव केदार भण्डारी, धरान उपमहानगरपालीकाका मेयर तिलक राई, महिला संघ अधयक्ष विजया कटवाल, नगर अध्यक्ष सुदीप अधिकारी, सचिव दिलु राई लगायतले आफ्नो विचार राखेका थिए ।

सभापति कोईरालाले काँग्रेसर्ला बलियो बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने भन्दै युवा नेता गगन थापा सम्भावना भएको नेता भएकले काँग्रेसको नेतृत्वमा आउुनपर्ने विचार व्यक्त गरेका थिए । नेता मेहताले काँग्रेस एकढिक्का भएकोले नै बिगतमा देशभरको भन्दा सुनसरीमा राम्रो नतिजा आएको भन्दै काँग्रेसलाई सबै मिलेर बचाउनुपर्ने बताए ।