खेलकुद

फुटबल सुदूरपश्चिम–११ र पिएफए सेमिफाइनलमा

धनगढी । प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम—११ स्पोट्स क्लब र पिएफए विजयी भएका छन् । स्थानीय जुगेडा मैदानमा आज भएको खेलमा सुदूरपश्चिम–११ स्पोर्टस क्लबले हसनपुर युवा क्लबलाई ५–० गोलले पराजित ग¥यो ।

सुदूरपश्चिमको जितमा विदेशी खेलाडी ग्लोरीले ह्याट्रिकसहित चार गोल गरे । यस्तै भरत टमटाले एक गोल थपे । यो जितसँगै सुदूरपश्चिम—११ स्पोट्स क्लब सेमिफाइनलमा पुगेको छ । आजै भएको अर्को खेलमा पिएफए अत्तरियाले फारवेष्ट पशुपति युवा क्लबलाई २–० गोलले पराजित ग¥यो । पिएफएका लागि जीवन चौधरीले दुई गोल गरे । जितसँगै पिएफए अत्तरिया पनि सेमिफाइनलमा पुगेको छ । ‘भिडब्लु प्रदेशस्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता’ नाम दिइएको यो प्रतियोगिताको महिला तर्फका खेल भने यही माघ १७ देखि शुरु हुन लागेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुष तर्फ १६ र महिला तर्फ ७ टिमले प्रतिस्पर्धा गर्न लागेका छन् । प्रतियोगिताको पुरुष तर्फको विजेतालाई रु ७५ हजार, उपविजेतालाई रु ४१ हजार पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै महिला तर्फको विजेतालाई रु २० हजार उपविजेतालाई रु १० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।