पु.समाचार

अध्यक्ष थापाको ६ बुँदे प्रतिवेदन कार्यसमितिको सर्वसम्मतिले अनुमोदन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत समसामयिक राजनीतिक परिस्थिति र भावी कार्य दिशा सम्बन्धी ६ बुँदे प्रतिवेदन सर्वसम्मतिले अनुमोदन गरेको छ ।

उक्त प्रतिवेदन माघ १७ गतेदेखि काठमाडौँमा बस्ने केन्द्रीय कार्यसमितिको पूर्ण बैठकमा पेश गरिने पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

महामन्त्री भास्कर भद्राद्वारा सचिवालय र आगामी कार्यक्रम सम्बन्धी प्रतिवेदन र सहायक कोषाध्यक्ष निना भेटवालद्वारा बैठकमा आर्थिक प्रतिवेदन पेश भएको थियो ।

अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा पार्टीको आगामी मुख्य कार्यक्रमका रुपमा केन्द्रीय महाधिवेशन हुने उल्लेख गरिएको छ । उक्त महाधिवेशनका सम्बन्धमा उपाध्यक्ष तोरणबहादुर गुरुङद्धारा पेश भएको साङ्गठनिक प्रतिवेदन परिमार्जनसहित अनुमोदन गरिएको छ ।