आर्थिक

नेपाल बंगलादेश बैंकले गर्यो मेरुदण्डीय पक्षघात समुह नेपाललाई क्याप वितरण

काठमाडौ । नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कमलादी, काठमाडौँ स्थित आफ्नो प्रधान कार्यालयबाट मेरुदण्डीय पक्षघात समुह नेपाललाई क्यापहरु वितरण गरेको गरेको छ ।

मेरुदण्डीय पक्षघात समुह नेपालले माघ १६ गते शहिद दिवसको उपलक्ष्यमा राष्ट्रिय शान्ति तथा सहिद पार्क र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा ह्वीलचियर दौड प्रतियोगिताको आयोजनामा संलग्न सम्पूर्ण सहभागीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले सो संस्थाका संयोजक राजेन्द्र खनाल र कोषध्यक्ष झरना रानालाई मायाको चिनोको स्वरूप क्यापहरु हस्तान्तरण गरेको थियो ।

यस्तो कार्यक्रममा सहभागिता जनाउँदा मेरुदण्डमा चोट लागि अपाङ्गता भएका व्यक्तिहरुलाई उत्प्रेरणा र हौशला बढ्ने हुँदा यस्ता कार्यक्रमहरुलाई प्राथमिक्ता दिई आगामी दिनहरुमा पनि निरन्तरता दिनुपर्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले व्यक्त गरे ।