आर्थिक

सानिमा बैंकले सरस्वती पूजामा विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने

काठमाडौ । सानिमा बैंकले श्री पञ्चमी (सरस्वती पूजा) को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुटप्रदान गर्ने भएको छ ।

बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहलाई लक्षित गर्दै दुई दिनको लागि डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । साथै ग्राहकहरुले दुबै सुविधा एकैसाथ उपभोग गदा १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पाउनु हुनेछ ।

यस योजना १६ र १७ का लागि लागू गरिएको छ । यो योजना विद्यार्थीवर्गलाई मात्र लक्षित हुनेछ र सुविधा लिन आउँदा ग्राहकले विद्यार्थी परिचय पत्र पेश गर्नुपर्नेछ । यो योजनाका लागि नाबालकको हकमा भनेप्रचलित निर्देशन अनुसार गर्न सकिनेछ ।