राजनीति

दुई दर्जन नेकपाका प्रभावशाली नेता/कार्यकर्ता कांग्रेसमा प्रवेश, सभापति देउवाले लगाए टीका

रामेछाप । रामेछाप खाँडादेवी गाउँपालिकाका दुई नेपाल कम्युनिस्ट पार्टीका दुई दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा भित्र बौद्धिक एवं कुशल संगठकको परिचय बनाएका राम कुमार कार्कीको नेतृत्वमा नेताहरु रामहरी कार्की, हरि कार्की, रामहरि गिरि लगाएतका नेता कार्यकर्ता प्रवेश गरेका हुन् । कांग्रेस सभापति शेर ब. देउवाको निवासमा आज आयोजित प्रवेश कार्यक्रमबाट उनिहरुले कम्युनिष्ट पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेको नेविसंघ निवर्तमान केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले जानकारी दिए ।

रामेछापका पार्टी सभापति लवश्री न्यौपाने लगाएत नेता कार्यकर्ताको बाक्लो उपस्थितिकाबिच नवागंतुकहरु लाई केन्द्रिय सभापति देउवाले पार्टी सदस्यता प्रदान गरि स्वागत गरेका थिए साथै देउवाले नव प्रवेशिलाई पनि पार्टीमा उचित जिम्मेवारी प्रदान गरिने बताए ।

नव आगन्तुकका तर्फबाट मन्तव्य राख्दै रामकुमार कार्कीले स्थानीय सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको तथा कम्युनिष्ट नेताहरु खोक्रो आडम्बरीमा टिकेका भन्दै वर्तमान कम्युनिष्ट सरकारले जनतामाथी चरम शोषण गरी सिङ्गो देशलाई नै भ्रममा राखेको बताए । यसरि भ्रममा टिकेको कम्युनिष्ट पार्टी अब छिटैनै धोस्त हुँदै छ यसको संकेत आज देखियो अब कांग्रेसलाई एक ढिक्का बनाएर बिजयको यात्रातर्फ उन्मुख गराउने उत्तरदायीतब हाम्रो काँधमा पनि आएको छ कार्कीले भने ।