पु.समाचार

चिकित्सकलाई उपप्रधानमन्त्री पोख्रेलको निर्देशनः सेवा केन्द्रीत भएर काम गर्नुहोस्

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेलले चिकित्सकलाई सेवा केन्द्रीत भएर काम गर्न निर्देशन दिएका छन् ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २४ औं वार्षिकउत्सवको आज काठमाडौंमा उद्घाटन गर्दै उपप्रधानमन्त्री पोख्रलले उपचारको अभावमा कसैको मृत्यु हुने स्थिति सिर्जना हुन नहुने बताएका हुन् ।

पोख्रेलले स्थास्थ्य सेवालाई सर्वसुलभ र ग्रामिणमुखि बताउनु पर्नेमा जोड पनि दिएका छन् । स्वास्थ्य सेवा पाउनु प्रत्यक नागरिकको नैसर्गीक अधिकार भएपनि सबै नागरिकले पाउन नसेकोका भन्दै उनले स्वास्थ्य सेवालाई सेवामुखि बनाउनु पर्ने बताएका छन् ।

र यस तर्फ सम्पुर्णको ध्यान जान जरुरी रहेको उनले बताए । यस्तै कार्यक्रममा उपप्रधानमन्त्री पोख्रेलले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य इोत्रमा पु्याएको योगदानको खुलेर प्रसंसा पनि गरेको थिए ।