विचार/ब्लग

पुरुषले एक भन्दा बढि बिबाह गरे मर्द, महिला चरित्रहीन !

रजनी श्रेष्ठ /नेपाल एउटा हिन्दु राष्ट्र हो । हिन्दु धर्म अनुसार नेपालमा देवीलाई माता र श्रृष्टि कर्ताको रुपमा पुजा गरिन्छ । धर्मालम्बीहरुले मठ मन्दिर बनाउछन्, अनेक ब्रत उपवास बस्छन्, पुजा पाठ लाउछन्, बली चढाउछन् र फलिफाप हुने विश्वासमा धेरै धन सम्पती र रुपैयाँ पैसा खर्च गर्छन् ।

जुन देशमा धर्मको नाममा मन्दिरमा देवीलाई पूजा गरिन्छ सोही देशमा देवी समान महिला दिदीबहिनी माथी वास्ता गरिन्न । वास्ता नगर्नुमात्र कहाँ हो र उनीहरुलाई पुरुष वा समाजबाट नै जात र धर्म वा परम्पराको नाममा पटक–पटक हिंसा पनि गरिन्छ । कहिले दलित भएर मन्दिर छिरेको, कहिले चूलो छोएको, त कहिले धारो वा पानी छोएको, महिनावारी भएको नाममा महिला माथी दुव्र्यवहार भएको घटना पत्रपतिकामा समाचारका हेडलाइन बनेको पढ्न पाईन्छ ।

महिला तथा बालिकाहरु आफ्नै परिवारका सदस्यबाट यौन शोषण र बलत्कारका शिकार भइरहेका छन् । यस्तो अबस्थामा महिला तथा बाल अधिकारकालागि खोलिएका संघ–संस्थाहरु किन जिम्मेवार भएर काम गदैनन् ? किन यस्ता अपराधमा सम्लग्न अपराधीलाइ कानुनको कठघरामा ल्याइदैन ? र कडा भन्दा कडा कारबाही गरिदैन ?

महिलाले घर, समाज, बाटोघाटो, स्कुल, अफिस जुन सुकै ठाउमा महिलाले जातीय विभेद, यौन शोषण, यौन दुव्र्यवहार, जस्ता अनेक हिंसा सहनुपरेको छ । कुनैपनि स्थानमा महिलाले स्वतन्त्र र सुरक्षाको आभाष गर्न पाउदैनन् । महिला तथा बालिकाहरु आफ्नै परिवारका सदस्यबाट यौन शोषण र बलत्कारका शिकार भइरहेका छन् । यस्तो अबस्थामा महिला तथा बाल अधिकारकालागि खोलिएका संघ–संस्थाहरु किन जिम्मेवार भएर काम गदैनन् ? किन यस्ता अपराधमा सम्लग्न अपराधीलाइ कानुनको कठघरामा ल्याइदैन ? र कडा भन्दा कडा कारबाही गरिदैन ?

तराईमा दाइजो नल्याइएको र छोरी जन्माएको निहुँमा महिलालाई घरपरिवार र समाजले बारम्बार हेप्ने, कुटपिट गर्ने घर निकाला गर्ने देखी जिउँदै शरिरमा मट्टितेल खन्याई आगो लगाउने सम्मको घटना घेटेको सर्वविदितै छ । रजस्वला जस्तो प्राकृतिक प्रकृयालाई धर्म र संकृति भन्दै छुन नहुने परिवारदेखी टाढा छाउगोठमा बस्नुपर्ने कूसंस्कार बनाइएको छ । जसका कारण महिलाले छाउगोठमा अनेक शारिरिक पीँडा देखि मानसिक पीँडा सहन बाध्य छन् । यसरी छाउगोठमा बस्दा बन्यजन्तुको आक्रमण र विषालु सर्पको टोकाईका कारण धेरै महिलाले अकालमा ज्यान गुमाउनु परेको घटना साकाजिक सञ्जालमा दैनिक जसो पढ्न पाईन्छ । यस्तो अवस्थामा सरकारले छाउगोठ भत्काउने अभियान भन्दै छाउगोठहरु भत्काउन थालेको छ । तर हल्ला छाउगोठ भत्काउने भएपनि धेरैजसो सुदूरपश्चिमका महिला दिदीबहिनी महिनावरीको समयमा गाई–गोरु गोठमा वा बाहिर खुल्ला आकासमुनी सुत्न वाध्य छन् ।

छाउगोठ भत्काएपछि उनीहरु बाहिर बस्नुपर्ने देखिएको छ, सामाजिक कुरितीका रुपमा अन्त्य गर्न जनचेतना जगाउनुको सट्टा गोठ भत्काएरमात्र समस्या समाधान भएको देखिदैन । यसरी महिलालाई छाउगोठमा सुत्न बाध्य बनाइएका कुप्रथाको अन्त्य सम्भव नभएको पुष्टि भएपछिका घटनालाई हेर्दा छाउगोठ भत्काएर होइन त्यहाँका मानिसको मानसपटलमा रहेको छाउप्रथा भत्काउनु जरुरी छ ।

अभियानले अभियानले समस्याको समाधान होइन समस्या झनै जटिल बनाइएको दखिन्छ । छाउगोठ भत्काएपछि उनीहरु बाहिर बस्नुपर्ने देखिएको छ, सामाजिक कुरितीका रुपमा अन्त्य गर्न जनचेतना जगाउनुको सट्टा गोठ भत्काएरमात्र समस्या समाधान भएको देखिदैन । यसरी महिलालाई छाउगोठमा सुत्न बाध्य बनाइएका कुप्रथाको अन्त्य सम्भव नभएको पुष्टि भएपछिका घटनालाई हेर्दा छाउगोठ भत्काएर होइन त्यहाँका मानिसको मानसपटलमा रहेको छाउप्रथा भत्काउनु जरुरी छ । महिनावरी हुनु कुनै पाप होइन यो प्रकृतिक प्रकृया हो । श्रृष्टिको सुरुवात हो । महिनावारीमा कुनै धर्म र अधर्म छैन भन्ने शिक्षा दिनु आवश्यक छ ।

नेपालको संविधानमा महिलालाइ कम्तीमा ३३ प्रतिशत अधिकार दिइएको भनेर लेखिए पनि व्यवहारमा कुनै पनि स्थानमा लागू भएको पाइदैन । नेपालको राष्ट्रपति जस्तो गरिमामय पदमा एउटा महिला रहेको अवस्थामा महिलाका हरेक समस्याको सम्बोधन हुनुपर्नेमा दिन प्रतिदिन बलत्कार र यौन हिंसाका घटना बढेको पाईदा राष्ट्रपति ज्यूले त्यस बिषयमा खासै पहल गरेको देखिन्न । महिला तथा बालीका माथि बलत्कार जस्तो जघंन्य अपराध गर्नेलाई नेपालको कानुनले सजायको भागीदार बनाउन सकेको छैन । अपराधी खुलेआम घुमिरहदा यस्ता आपराधीक घटनाले प्रोत्साहन पइरहेको छ ।

महिला अधिकारका लागि काम गर्ने सरोकारवाला व्यक्ती, संघसस्था निकाय ठुला शहरका ठूला मञ्चमा कार्यक्रम गर्ने स्टेजमा घण्टौ लामो भाषण दिन र आफ्नो नुनको सोझो गर्न तल्लिन छन् । यस्ता निकायहरु एक पटक बिचारसम्म पनि गर्दैनन् । कि महिला दिदि बहिनीहरुलाई वास्तविक समस्या के मा छ ? उनीहरु कस्ता महिला हिंसामा परेका छन् ? कस्तो प्रकारको हिंसा भयो ? पहिचान गर्नु आवश्यक छ ।

निर्मला पन्त जस्तो एउटा अबोध बलीकाको बलत्कार पछि हत्या हुने थिएन भन्ने मेरो बुझाई हो, बलात्कार र हत्या नै भयो भने अपराधीलाई कारबाहीका लागि किन राष्ट्रपतिले बिशेष चासो दिनुभएन ? मलाई प्रश्न गर्न मन लाग्यो ।

यदि सम्बन्धित निकाय र सरोकारवाला संघ–संस्था जिम्मेवार भएर काम गर्ने हो भने महिला राष्ट्रपति भएको अवस्थामा निर्मला पन्त जस्तो एउटा अबोध बलीकाको बलत्कार पछि हत्या हुने थिएन भन्ने मेरो बुझाई हो, बलात्कार र हत्या नै भयो भने अपराधीलाई कारबाहीका लागि किन राष्ट्रपतिले बिशेष चासो दिनुभएन ? मलाई प्रश्न गर्न मन लाग्यो । यहाँसम्म कि यस्ता जघंन्य अपराधमा संलग्न कुनैपनि अपराधी कानुनको दायरामा ल्याउन नसक्नु, निर्मला पन्त र उनका परिवारलाई न्याय दिन नसक्नु दुःखको कुरा होे भने अपराधमा संलग्न अपराधी राजनैतिक रुपमा संरक्षण गर्नु दण्डाहीनता मौलाउनु हो ।

ठुला–ठुला भाषणले समस्याको समाधान हुने भए दैनिक जसो महिला तथा बालबालिका बलत्कार तथा यौन शोषणको शिकार हुनुपर्ने थिएनन् । पछिल्लो समयमा जति पनि महिला अधिकारका कुरा महिला हिंसा न्युनिकरणका भाषण चर्किएको छ, त्यो भन्दा धेरै महिला हिंसाले उग्र उप लिइरहेको छ । त्यसैले यस्ता सरोकारवाला र सरकारी निकाएको ध्यान सहरका ठुला सेमिनार, गोष्टि र स्टेजका भाषण मा होेइन, त्यहा पुग्नु जरुरी छ जहाँ महिलाले हरेक पाइलामा सामाजिक लान्छना, बिभेद, दुव्र्यवहार, दबाब, शोषण छुवाछुत जस्ता चुनौति सहन बाध्य छन् । त्यहाँ पुगेर वास्तविक समस्या पत्ता लगाएर समस्या समाधानका लागि उपर्युक्त बाटो खोज्नु जरुरी छ, यानिकी ठुला कुरा गरेर अरुको घर भाँड्नुमात्र होईन ।

निर्बाचनका बेलामा हाम्रा देशका माहान नेता ज्युहरु ठुला–ठुला भाषण गर्छन् । महिलाका लागि अधिकार र महिला समानताका कुरा गर्छन् । तर महिला भएकै कारण कोहि पनि महिला कसैबाट हेपीन नपरोस र जुन समाजमा पुरुषहरु निर्धक्क साथ हिड्छन् त्यो समाजमा महिलालाई स्वतन्त्रता र सुरक्षाको प्रत्याभूति गराइयोस, उनीहरुपनि पुरुष सरह समाजमा हिँडडुल गर्न र बाँच्न पाउन् भन्ने कार्यान्वयन गर्नतिर भने लाग्दैनन् । हाम्रो समाजमा महिला र पूरुषलाइ हेर्ने दृष्टिकोण र गरिने व्यावहार देख्दा महिला प्रकृतिको श्रृष्टि नभई अर्कै ग्रहबाट दुःख पाउनका लागि आएको हो कि भन्ने शंका उत्पन हुन्छ । महिलाका लागि हरेक खालका कृयाकलापमा अलग नियम लागू गरिन्छ, नियम समान राखियो भने कार्यान्वयनमा पुरै भेदभाबगरिन्छ, आखिर किन त ?

पुरुषले एक भन्दा बढि बिबाह गरेमा मर्दको नाम दिने समाज महिलालाइ श्रीमान बितेपछि बिबाह गर्ने अनुमति किन दिन सक्दैनन् ? छोरालाई अबेर रातमा मदिरा र लागूऔषध सेवन गरी हल्लिदै हिड्दा नदेखेझैं गर्ने समाज छोरीलाइ कारणबस अबेर घर फर्किदा चरित्रहीन भन्दै  हजारौं प्रश्न गर्छ, आखिर किन ?

पुरुषले एक भन्दा बढि बिबाह गरेमा मर्दको नाम दिने समाज महिलालाइ श्रीमान बितेपछि बिबाह गर्ने अनुमति किन दिन सक्दैनन् ? छोरालाई अबेर रातमा मदिरा र लागूऔषध सेवन गरी हल्लिदै हिड्दा नदेखेझैं गर्ने समाज छोरीलाइ कारणबस अबेर घर फर्किदा चरित्रहीन भन्दै  हजारौं प्रश्न गर्छ, आखिर किन ? किन अलग नियम लागू, अलग हिशावको हेराई गरिन्छ महिला र पूरुषमा ? नेपाल पुरुष प्रधान देश हो त्यसैले वा परापुर्वकाल देखी नै समाजमा पुरुषको प्रभुत्व रहेको कारण महिलामा हरेक कृयाकलापमा पावन्दी लगाइएको छ । लैंगिक आधारमा यस्ता खालका कुनै पनि पाबन्दि जबसम्म घर, समाज र प्रत्यक व्यक्तिको मनस्थितिबाट हट्दैन तव सम्म महिला हिंसा अन्य गर्न सकिदैन ।

पुजा गर्नुभन्दा पनि कम्तीमा स्वतन्त्र भएर पुरुष सरह बाँच्न पाउने परम्पराको त विकास गर्नुस् सरोकारवाला व्यक्ती तथा संस्था, निकायका जिम्मेवार ठेकेदार ज्युहरु । कतिपय अवस्थामा महिलाहरु आफ्नै घर परिवारबाट नै दैनिक रुपमा हिंसामा पररिहेको छन् । जन्मनु पुर्व देखि नै भ्रूण अवस्था देखि नै लैंगिक विभेदको चक्रव्यूहमा पार्छन् । जन्मनु पूर्व नै भू्रण पहिचान गरी महिअलाको जन्म हुने देखिएमा हत्या गरीन्छ । यसरी देवी र लक्ष्मीको रुपमा पुज्ने समाजमा छोरीलाई किन पुजा गर्ने कल्पना गर्दैन ?